साँगुरीगढी गाउँपालिकाको ल्याण्डफिल साइट पहुँचमार्गको स्तरउन्नति सम्पन्न कुल लागत ४४ लाख ६८ हजार, स्थलगत अनुगमन

लजेश राई
सुनसरी प्रदेश १

आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सञ्चालित ल्याण्डफिल साइट पहुँचमार्ग सडक स्तरउन्नति योजना अन्तर्गतको निर्माण कार्य सम्पन अनुगमन गाउँपालिका अध्यक्ष जितेन्द्र राईको नेतृत्वमा सम्पन्न गरिएको हो।

अनुगमन टोलीमा उपाध्यक्ष मूना राई, वडा नं. ६ का अध्यक्ष यमप्रकाश मगर, योजना अधिकृत द्रोण राई, इन्जिनियर दीपक राईलगायत गाउँपालिकाका अन्य पदाधिकारी तथा उपभोक्ता समिति सहभागी थिए।

गाउँपालिकाको ४० लाख र उपभोक्ता समितिबाट ४ लाख ६८ हजार रुपैयाँको जनसहभागिता सहित कुल ४४ लाख ६८ हजार रुपैयाँको लागतमा सडकको स्तरउन्नति गरिएको हो।

साँगुरीगढी गाउँपालिकाको सचिवालयका अनुसार योजनाले ल्याण्डफिल साइटसम्मको पहुँच सुधार गरी फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित