बिक्रीवितरणको लागि ल्याएको सो काउली खान योग्य छ कि छैन भनेर केन्द्रीय कृषि प्रयोगशाला धरान शाखामा परीक्षण गर्दा विषादी भेटिएपछि काउली नष्ट गरिएको कृषि उपज बजारले जनाएको छ ।
काउलीमा विषादी रहेको भन्दै मेयर हर्क साम्पाङले नकिन्न भन्दै सबैलाई आह्वान गरेको छ । उनले विषादी युक्त काउली नष्ट गरिने पनि बताए । विषादीयुक्त काउली आएको जानकारी भएपछि स्थलगत रुपमा उप मेयर आइन्द्र बेघा पुगेका थिए । साथमा सुनसरी उद्योग वाणिज्य संघ प्रहरी प्रशासन वडा नम्बर १३ का वडा अध्यक्ष नेत्र काफ्ले सहितको उपस्थितिमा विषादीयुक्त काउली खडल खनेर नष्ट गरिएका थिए ।
Discussion about this post