मेयर हर्क साम्पाङ्गसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लजेस राई
धरान प्रदेश १

बराह, चतरा – बराह नगर बस्ती, बयरवन २ चतरामा मेयर हर्क साम्पाङ्गसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व सन्तकुरमार राईले गर्नुभएको थियो भने कार्यक्रम बराह नगर बस्तिले आयोजना गरेको हो।

‘जाति, पार्टी, धर्म—आफ्नो आफ्नै ठाउँमा; सबै मिली देश बनाऔं, जुटौं श्रमदानमा’ भन्ने मूल उद्देश्यका साथ आयोजित कार्यक्रममा मेयर हर्क साम्पाङ्गले अहिले देशभर व्याप्त भ्रष्टाचार विरुद्ध ‘HarkaSampang: A Revolution’ नामक संगठन गठन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले यस संगठनलाई देशव्यापी रुपमा विस्तार गर्ने क्रममा बराह २ चतरामा पनि गठन प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।

कार्यक्रममा अन्य वक्ताहरूको रुपमा स्वतन्त्र नागरिक समाज धरानका अध्यक्ष समीर तामाङ्ग, सचिव लीला बुढाथोकी लगायतले पनि आफ्ना विचार राख्नुभएको थियो।

उक्त कार्यक्रमलाई नागरिकस्तरमा भ्रष्टाचारविरुद्धको चेतना अभिवृद्धि गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित