सांग्रीला उर्जा कम्पनीको सामान ओसार्ने हेलिकप्टर दुर्घटना हुनबाट बालबाल बचे

संखुवासभा (शिङ्सालिङ) । सांग्रीला उर्जा कम्पनिको सामान हेलिकप्टरले ओसार्ने क्रममा ठूलो दुर्घटनाबाट बचेको खुलासा भएको छ ।

यहि बैशाख १७ गते संखुवासभा जिल्ला चीन सिमा जोडिएको शिङ्सालुङ दम्दाङ भोटखोला गाउँपालिका २ स्थित छुलुङम सामुदायिक वनको याक खर्कमा सामान ओसार्न हेलिकप्टर आएका थिए । छुजुङ खोलामा ६३ मेघावाट क्षमता भएको बिद्युत उत्पादन गर्न डोजर,ट्र्याक्टर,साना गाडी लगायत हेलिकप्टरमा झुन्ड्याएर लगेका थिए । बैशाख १८ र १९ गते च्याम्ताङ गम्लाङबाट याक खर्क छुलुङम सामुदायिक वनमा ओसारेका थिए । उक्त दिन च्याम्ताङमा स्थानीय परम्परा संस्कृति अनुसार डब्ल पुजा समेत भैरहेका थिए । सो दिन स्थानीयले कुटो कोदालो खनजोत घाँस दाउरा गर्न मनाही हुन्थे गरिने स्थानीय नियम छ । सांग्रीला उर्जा कम्पनीलाई सो दिन हवाई उडान नगर्न र डोजरले खन्ने काम नगर्न सुझाएका थिए । तर कम्पनी पाँच हजार जरिवाना दिने भन्दै काम गर्ने अडान लिएका थिए ।

यसरी गमलाङबाट छुलुङम याक खर्कमा सामान पुर्‍याएर फर्किने क्रममा दुर्घटना हुनबाट बचेको स्थानीयले बताए । रिदाक (पिबु)बाट चौरिको दूध गाउँमा ल्याएको प्रसंगमा हेलिकप्टर दुर्घटना हुनबाट बचेको कुरा खुलासा भएको हो । हेलिकप्टरले सामान पुर्‍याई फर्केर आउँदा झुन्ड्याएको जालिमा चौरिको घ्यु र दूध झुन्ड्याएका थिए । यसरी झुन्ड्याएको सामान मेम्बुकदेखी केही माथी अति अग्लो रहेको काचोक नामको ढुंगादेखिमाथिको जंगलको रुखमा अल्झेको कुरा स्थानीयले बताए । यसरी हेलिकप्टरमा झुन्ड्याएको दूध,घ्यु सामान रुखमा अल्झेपछी सबै सामान भिर पहरामा चुँडिएको हो । उक्त घटना गम्लाङमा रहेका सबै सांग्रीलाका कर्मचारीले प्रत्यक्ष देखेको बताए । पछि दुर्घटना स्थलमा सामान खोज्न जाँदा नभेटिएको तर सामान लगाएको जाली भने भेटिएको स्थानीयले बताए ।
यसरी दुर्घटना हुनबाट बचेपछी हेलिकप्टर गमलाङ अवतरण भए । त्यो घटनाबाट हेलिकप्टर पाइलट डराएपछी पुन सामान उडान गर्न नमानेको स्थानीयले बताए । त्यसपछि हेलिकप्टर कै मालिकले उडान भरी सामान लगेको जानकारी दिए ।

यस अघि पनि सांग्रीला उर्जा कम्पनिका निर्देशक किशोर सुवेदी हेलिकप्टर मार्फत याक खर्क इन्टेक पुगेका थिए । हेलिबाट बाहिरिएपछी उनी दुर्घटना भएको हल्ला कर्मचारीको सेटमा सनसनी फैलिएका थिए । सिकिस्त अवस्था भएको आशंका गर्दै बोक्ने मान्छे तयारी राख्न हल्लिखल्ली भएको थियो । यस विषयमा चिसेफायुले तत्काल बुझ्दा स्पष्ट जवाफ दिएको थिएन । पछि भने उनको खुट्टा मर्केको उपचारको लागि लगिएको जानकारी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित