धरान ४ का विभिन्न मार्गहरूमा खानेपानी पाइप विस्तार

लजेस राई
धरान ,प्रदेश १

धरान ४ का विभिन्न मार्गहरूमा खानेपानी पाइप विस्तार
धरान, तेह्रथुम मार्ग – धरान ४ खैरेनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले हालै धरान ४ का विभिन्न मार्गहरूमा खानेपानी पाइपको विस्तार गरेको छ। उपभोक्ताको माग र सेवाको सहज पहुँचका लागि समितिले तेह्रथुम मार्ग, गुम्बा मार्ग, राईलिम्बु मार्ग र समृद्धि मार्ग लगायतका क्षेत्रमा पाइप विस्तार कार्य सम्पन्न गरेको हो।

समितिका अनुसार, यस विस्तारसँगै करिब सयभन्दा बढी घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ। खानेपानीको पहुँच अभावमा वर्षौंदेखि समस्या झेल्दै आएका स्थानीय बासिन्दाले अब स्वच्छ र नियमित पानी सेवा पाउने आशा व्यक्त गरेका छन्।

समितिका अध्यक्षले भने, “स्थानीयको आवश्यकतालाई ध्यानमा राख्दै पाइपलाइन विस्तार गरिएको हो। अब पानी आपूर्तिलाई थप व्यवस्थित र दिगो बनाउने हाम्रो लक्ष्य हो।”

पाइप विस्तारसँगै सरसफाई तथा संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि संचालन गरिने समितिले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित