लजेस राई
धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–१० भ्राताङ्गमा (पूर्वको आहाले–४) नयाँ आधारभूत स्वास्थ्य चौकी निर्माणको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।
यो परियोजना प्रदेश सरकारबाट रु २५ लाख र संघीय सरकारबाट रु ३७ लाख गरी जम्मा रु ६२ लाख बजेट विनियोजन भई टेण्डर प्रक्रियामार्फत निर्माण कार्य सुरु गरिएको हो।
स्वास्थ्य चौकी निर्माण सम्पन्न भएपछि टाङ्केड़ा, भ्राताङ्ग, खलाल, तोरिखा, ताम्राङ्ग, बेलाराङ्ग, खलेखा, चौक्चीराङ्ग, भुल्के र धारापानी लगायतका बस्तीका बासिन्दाहरूले स्वास्थ्य सेवा सहज रूपमा पाउनेछन्।
साँगुरीगढी–१० वडा सचिवालयका अनुसार यस परियोजनाबाट स्थानीय स्वास्थ्य सेवा पहुँचमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
Discussion about this post