धरान १७ स्मृति मार्गमा ड्रेन निर्माण अभाव, स्थानीयहरू श्रमदान गरेर बनाउन तयार

लजेस राई
धरान,प्रदेश न १

धरान, १७ — कोभिड महामारी अघि केही भागमा मात्र ड्रेन निर्माण गरिएको धरान–१७ स्मृति मार्गमा अहिले समेत बाँकी रहेको क्षेत्रमा ड्रेन अभावका कारण बस्ती जोखिममा पर्ने अवस्था देखिएको छ।

स्थानीयहरूका अनुसार, वर्षायाम नजिकिँदै गर्दा पानीको उचित निकास नहुँदा बाढीको खतरा बढ्न सक्ने भएकाले समस्या समाधानका लागि पहल आवश्यक रहेको छ। धरान १७ का वडा अध्यक्षले हाल वडा स्तरबाट बजेट उपलब्ध गराउन नसकेको कुरा TLO अध्यक्ष कुमार राईले बताए

स्मृति मार्ग टोल विकास संस्थाका अध्यक्ष कुमार राईले जानकारी दिनुहुँदा, “यदि नगरपालिकाबाट निर्माण सामग्री उपलब्ध गराइयो भने टोलबासीहरू आफैं श्रमदान गरेर ड्रेन निर्माण गर्न तयार छन्,” भन्नुभएको छ।

यस विषयमा स्थानीय बासिन्दाले नगर प्रमुख हर्क साम्पाङसँग माग गर्दै आएका छन् कि नगरपालिकाले आवश्यक मेटेरियल उपलब्ध गराए बस्तीले समन्वयमा काम अगाडि बढाउनेछ।

स्थानीय बासिन्दाहरूको सक्रियता र इच्छाशक्तिले बस्तीको समस्या समाधानमा सकारात्मक पहल हुने अपेक्षा गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित