सुनसरी/बराहक्षेत्र –धन राज राई
सुनसरी जिल्ला बराहक्षेत्र न पा-२ बयरबन बस्नु हुने स्थानिय अग्रज पत्रकार हिमाल राईको निधन भएको छ ।
बिगत २ दशकदेखि पत्रकारीता क्षेत्रमा काम गर्दै आउनु भएका निडर निष्पक्ष पत्रकार ५१ वर्षको उमेर थिए । पत्रकार हिमाल राईको पुर्ख्योली भोजपुर आम्चोक गाउँ पालिका-१ हुँदै उहाँ सुन्सरी बराहक्षेत्र आउनु भएका थिए । मृतक राई ग्रामिण पत्रकार समूह बराहक्षेत्रको सस्थापक अध्यक्ष हुन भने हाल उहाँ नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज)सुन्सरी को उपाध्यक्ष पनि हुन । उनि नेपाल पत्रकार महासंघ सुन्सरीका प्रदेश पार्सद सद्स्य लगायत नेपाल हेड लाईन खवर सम्बादाता रहेका थिए । मृतक हिमाल राई आफ्नो निबाश बराहक्षेत्र -२ मा बिहान मृत अवस्थामा भेटीएको हो । उनका परिवार मा १ श्रीमती १ छोरा र १ छोरी गरि ३ जना रहेता पनि छोरीको पढाइको लागि आमा छोरी काठमाण्डौ तिरै रहेको थिए भने छोरो बिदेश रहेको र घरमा भने आफू मृतक १ जना मात्र रहेको भन्ने बुझिएको छ।
हाल काठमाण्डौदेखि श्रीमती र छोरी लिसा राई आएपछि पोस्ट्माटमको लागि बि पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगीएको छ । साथै छोरो मोना राई तत्काल बिदेशदेखि न आउन्जेल सम्म मृतक घोपा क्यामको हस्पिटलको सब गृह मा राख्ने भन्ने परीवार श्राेत ले जनाएको छ ।
Discussion about this post