तीन दिनको बैठकपछि आमा समुहको दवाबमा सामुदायिक वनले नयाँ कार्यसमिति पाए,१ लाख ८० हजारको पुर्जी नकाट्नुको भेद खुल्यो (भिडियो सहित )

संखुवासभा (शिङ्सालीङ) । चीन सिमा जोडिएको संखुवासभा जिल्ला शिङ्सालिङ भोटखोला २ च्याम्ताङ (दम्दाङ)को छुलुङम सामुदायिक वनको तीन दिन लामो बैठकपछि स्थगित गरिएको साधारण सभा आमा समुहको दवाबमा दिनाङ डेमाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

चरिचरण,काठ दाउरा लगायतबाट संकलित कोष आन्तरिक रुपमा सहुलियत ब्याजमा लगानी गर्दा तोकिएको समयमा नबुझाएपछी बैठक लम्बिएको हो । १३१ घरपरिवार उपभोक्ता रहेको छुलुङम सामुदायिक वनको पासाङ भोटेको अध्यक्षतामा रहेको कार्यसमितिको पदावधि ६ महिना नै सकिए पनि उक्त समयमा पनि केही उपभोक्ताले पैसा नतिरेपछि लम्बिएको स्थानीय उपभोक्ताले जानकारी दिए । यसपटक पनि अघिल्लो उपभोक्ताको पैसा अगाडि असुल्नुपर्ने भन्दै केही उपभोक्ताले तिर्न नमानेपछि नयाँ कार्यसमिति चुन्ने समय लम्बिएको हो ।

स्थानीय उपभोक्ताले अघिल्लो कार्यसमितिले सहि काम नगरे भन्दै असन्तुष्टि पोख्दै आएका थिए । बैठकमा उपभोक्ताले भए गरेको कामको बिल भर्पाई समेत माग गरेका थिए । धेन्डुक भोटेले अध्यक्ष पासाङ भोटेलाई लेखापरीक्षण गरिएको समेतको सबै बिल भर्पाई देखाउन माग गरे तर हराएको भन्दै देखाउन सकेनन । अघिल्लो कार्यसमिति भित्रै पनि कामको पारदर्शी नगरेको बताए । डिभिजन वनमा पठाएको पत्र समेत नबुझाई राखेको समितिका सदस्यले बताए । सांग्रीला उर्जा कम्पनीले सामुदायिक वनमा क्षति पुर्‍याएको तथा काठपातको पुर्जी बारे पदाधिकारीलाई भन्दा पुर्जी काट्नेबेला कोहि न आएको भन्दै कम्पनीलाई पुर्जी काट्न नमानेको सदस्य मिक्मा तेम्बाले बताए । तत्कालीन समयमा आफू अनुपस्थित भए पनि आफ्ना श्रीमती रहेको भन्दै यसरी सांग्रीला उर्जा कम्पनीलाई काठपात वापतको पुर्जी वार्षिक ६० हजार रुपैया आफ्नै अगुवाईमा काटेको मिक्मा तेम्बाले दाबी गरे ।

सांग्रीला उर्जाका च्याम्ताङ इन्चार्ज दुर्गा राईलाई वार्षिक ६० हजारको पुर्जीबारे बुझ्दा काटिसकेको जवाफ दिएको बताए । तर सामुदायिक वनको अर्धकट्टिमा सांग्रीला उर्जा कम्पनिले पुर्जी नकाटेको देखिएपछी उलने तीन वर्षको एकमुष्ट एक लाख ८० हजार काटेर असुलेको दाबी गरे । पदाधिकारीले सांग्रीलाबाट लिनुपर्ने पुर्जी नकाटेको तर सांग्रीलाले काटेको भनेर झुठ बोलेको अर्धकट्टिमा नदेखिएपछी पदाधिकारी र सांग्रीला उर्जा कम्पनी बिचको भेद र रहस्य खुलाए ।

त्यसैगरी सांग्रीला उर्जा कम्पनिले सामुदायिक वनमा क्षती पुर्‍याए वापतको सट्टाभर्ना २० हेक्टर संखुवासभा जिल्लाको मादिमा खरिद गरिए पनि स्थानीय उपभोक्तालाई जानकारी नदिएको पदाधिकारीको कार्यशैली प्रति असन्तुष्ट देखाएको छ । यस विषयमा अध्यक्षसंग बुझ्दा कुनै जानकारी थाहा नभएको पछि डिभिजन वनमा बुझ्दा सूचना गोर्खापत्रमा निकालिएको भन्दै म्याद सकिएको जानकारी दिएको बताए ।

पासाङ भोटेको कार्यकालमा यस सामुदायिक वनको हालसम्म लेखापरीक्षण परिक्षण नभएको काम गरिएको,स्थाई लेखा नम्बर बनाएको समुहको नाममा बैक खाता खोल्ने काम भएको बताए । राष्ट्रिय वाणिज्य बैक खातामा सांग्रीला उर्जा कम्पनीबाट कटान छपान वापतको रोयल्टी ११ लाख ८० हजार रुपैया रहेको जानकारी दिए । हाल यस सामुदायिक वनको क्षेत्रफल ९० हेक्टर रहेकोमा त्यसलाई ५५० हेक्टर कायम गर्ने काम गरेको कुरा सचिब छिरिङ लामाले जानकारी दिए ।

पुरानो समितिको कुल खर्च १ लाख ९० हजार २०० रुपैया देखाएको छ । त्यसैगरी आन्तरिक लगानी ५ लाख २० रुपैया र बैक मौज्दात ११ लाख ८० हजार रुपैया देखाएको छ ।

नयाँ कार्यसमिति
अध्यक्ष दिनाङ डेमा भोटे
उपाध्यक्ष खुङ्साङ भोटे
कोषाध्यक्ष श्यिजेत भोटे
सचीव मिक्मर धेन्डुक भोटे
सहसचिव किप्पा भोटे
सदस्य – नोसाङ
सदस्य – असिम
सदस्य – रिन्जे लेन्डुक
सदस्य – सनल्हावाङ
सदस्य – आङ्जुक नुर्पु
सदस्य – याङ्डुक
सदस्य – साङाक
सदस्य – साङ्मु
सदस्य – डेमा
सदस्य – छियाङ भुटिक
सदस्य – साङमु
सदस्य – कामयाङ्जिक
सदस्य – छियाङ डेमा
सदस्य – रिदर डन्डी
सदस्य – मनिता बिक
सदस्य – सन्तोष
सदस्य – मिक्म याङ्जिक
सदस्य – पासाङ भुटिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित