संखुवासभा (शिङ्सालिङ) । संखुवासभा जिल्लाको उत्तरी चीन सिमा जोडिएको शिङ्सा क्षेत्र भोटखोला गाउँपालिका वडा नम्बर २ छुजुङ खोलामा ६३ मेघावाट जलविद्युत परियोजनाका सांग्रीला उर्जा कम्पनीलाई हेलिकप्टर उडान नगर्न चेतावनी दिएको छ ।
च्याम्ताङ गाउँका स्थानीय युवाहरुले सांंग्रीला उर्जा कम्पनिलाई दोस्रोपटक काम स्थगन गर्न लिखित रुपमा आग्रह गर्ने क्रममा अवदेखी हेलिकप्टरबाट समेत सामान उडान गरि नलान चेतावनी दिएको हो । सांग्रीला उर्जा कम्पनिका इन्चार्ज दुर्गा राईलाई च्याम्ताङको गाङ्लम पुगेर लिखित रुपमा नै काम स्थगन गर्न आग्रह गर्ने क्रममा स्थानीयले यस्तो चेतावनी दिएको हो । सांग्रीलाले छुजुङको याक खर्कमा हेलिकप्टरबाट लानको लागि डोजर, ट्राक्टोर, साना गाडि, इन्धन लगायत गाङ्लम (गमलाङ )मा राखिएको छ । स्थानीयले समन्वय नगरी केही ब्यक्ति हातमा लिएर जबर्जस्ती गर्न खोजेको आरोप लगाउदै आएको छ । यस अघि कृषी मार्गको नाममा बिना मुअब्जा सांग्रीला उर्जा कम्पनीको डोजर हाल्न खोजेको भन्दै रोकेको थियो । अवको दिनमा हवाई मार्ग समेत प्रयोग गर्न नदिने भन्दै जबर्जस्ती हेलिकप्टर आए क्षतिको जिम्मेवार कम्पनी हुने भन्दै अग्रिम रुपमा सचेत गराए ।
कम्पनीको इन्चार्ज दुर्गा राईले हस्त लिखित पत्र जिम्मा लिदै कम्पनीलाई यसबारे जानकारी गराउने बताए । याक खर्कमा कम्पनीको भवन बनाउन ५ हजार क्युफिट भन्दा बढी काठ काटिएको विषयमा प्रश्न गर्दा छुलुङम सामुदायिक वनलाई वार्षिक ६० हजार रोयल्टी बुझाउने गरेको कुरा राईले जानकारी दिए । तर छुलुङम सामुदायिक वनको विधानमा २०० क्युफिट भन्दा बढी दिन नमिल्ने नियम रहेको दाबी छ । यो नियम बिपरित रहेको दाबी स्थानीयको छ । त्यो पनि आन्तरिक उपभोक्ताको लागि मात्र रहेको तर एउटा कम्पनिले मनलाग्दी ढंगले उपभोग गरेको गुनासो छ । इन्चार्ज राईले दुई सय क्युफिट काठले कम्पनीलाई नपुग हुने भएकोले डिभिजन वनसंग समन्वय गरेर काठ काटिएको बताए । कम्पनी विरुद्ध सर्वोच्च मुद्दा परे पनि स्टे अडर आईनसकेको हुनाले पनि काम निरन्तर भएको बताए ।

३१ चैत २०८१ मा याक खर्क पुगेर सोही विषयमा त्यहाँ कार्यारत प्राविधिक कासाङ लामासंग जिज्ञासा राख्दा कानुन विपरीत कटान भएको भए सांग्रीला उर्जा कम्पनी सजायको भागिदार हुने बताए । याक खर्क पुग्दा उनी भन्दा सिनियर इन्चार्ज च्याम्ताङमै रहेको लिखित पत्र फोटो खिचेर राखे । हस्तलिखित पत्र इन्चार्ज दुर्गा राई भएकोले उहाँलाई नै हस्तान्तरण गर्न भने । कासाङले उक्त कपि कम्पनिलाई पठाउने आश्वासन दिए । लिखित पत्रमा सर्वोच्चमा मुद्दा परेको उल्लेख भएकोमा स्टे अर्डर आएको अवस्थामा रोकिनसक्ने बताए ।
अर्का प्राविधिक नरेश सुबेदिले साइटको दैनिक अप्डेट हुने क्रममा स्थानीय आएको कुरा कम्पनीमा पठाउने बताए । यस अघि त्यहाँका कर्मचारीको गुनासो नियुक्ति पत्र नदिएको बिमा नभएको कुरा सबै भएको दाबी गरे । च्याम्ताङमा चलेको दैनिक ज्याला एक हजार दुई सय रहेको सामान्यत महीनामा ३६ हजार कमाउने गरिएको छ । तर न्युनतम २० हजार कामको चाप अनुसार कम नहुने बताए । तर कामको चाप अनुसार आगामी दिनमा वृद्धि गर्ने तयारी भएको बताए । तर श्रम शोषण नभएको दाबी गरे ।
याक खर्कमा भैरहेको कामको विरुद्ध यस अघि च्याम्ताङ काठमाडौ कल्याण समाजले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । स्थानीयको हस्तलिखित पत्र सहित च्याम्ताङ काठमाडौ कल्याण समाजले पनि एकसाथ काम रोक्न आग्रह गरेको छ । समाजले भोटखोला वडा नम्बर २ समिति,भोटखोला गाउँपालिका,वन डिभिजन कार्यालय,जिल्ला प्रशासन कार्यालय लगायतमा बोधार्थ समेत दिएको छ ।
स्थानीयले बाटो अवरोध गरेपछि हेलिकप्टरबाट लाने तयारीमा रहेको सवारी साधनहरु
निर्माणकार्य स्थगन गर्न भन्दै सांग्रीला उर्जा कम्पनिलाई लेखिएको पत्र
Discussion about this post