लोसर तथा बिक्रम सम्वतको नयाँ वर्षमा तीर आर्चरी खेल खेलाउने

संखुवासभा (शिङ्सालुङ) । डुल लो ज्यालो लोसर तथा बिक्रम सम्वतको नयाँ वर्षको अवसरमा च्याम्ताङ युथ कलबको आयोजनामा तीन दिने दच्ची तीर ( आर्चरी) हान्ने खेल खेलाईने भएको छ ।

भोटखोला गाउँपालिकाको आर्थिक सहयोगमा आगामी बैशाख १०,११ र १२ गते शिङ्सालुङ दम्दाङ (च्याम्ताङ) मा खेलको आयोजना गरिने कुरा आयोजक च्याम्ताङ युथ क्लब (CYC ) ले जानकारी दिएको छ ।

खेलमा प्रथम पुरस्कार नगद ५० हजार रुपैया तोकिएको छ । त्यसैगरी दोस्रो पुरस्कार ३० हजार रुपैया तेस्रो पुरस्कार नगद २० हजार रुपैया राखिएको छ । खेल अवधिभर उच्च अंक प्राप्त गर्ने र तारोमा सबैभन्दा बढी तीर हान्ने खेलाडिलाई नगद एक एक हजारको पुरस्कारको व्यावस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

खेलमा एक टिममा व्यावस्थापक सहित ६ जना हुनुपर्ने शुल्क २ हजार तोकिएको छ । खेलमा क्लब,संघसंस्था,सनुह जोसुकैले भाग लिन पाउनेछ भने तीर र धनुष आधुनिक नभई परम्परागतको बाँसको हुनुपर्ने पनि नियम राखिएको जानकारी CYC का अध्यक्ष तामृङ हमुवाले दिए ।

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{},”is_sticker”:false,”edited_since_last_sticker_save”:false,”containsFTESticker”:fals}
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित