ईद उल फित्रमा कांग्रेसको चियापान र शुभकामना आदान प्रदान

धरान । नेपाली कांग्रेसले मुस्लिम समुदाय तथा इस्लाम धर्मावलम्वीहरुको महान पर्व ईद उल फित्रको अवसरमा धरानमा चियापान र शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसको १ नं. क्षेत्रीय कार्यसमितिले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा कार्यक्रम गरेको हो ।

पवित्र रमजान महिनाको समापनसंगै मनाइने ईद उल फित्र पर्व मुस्लिम समुदाय तथा इस्लाम धर्मावलम्वीहरुको मौलिक एवम् परम्परागत पर्व हुनुका साथै नेपालको राष्ट्रिय पर्व समेत भएकाले ईदको अवसरमा मुस्लिम समुदाय र इस्लाम धर्म सम्प्रदायका विभिन्न सामाजिक, धार्मिक एवम् राजनीतिक व्यक्तित्वहरुवीचमा ईद मुवारक कार्यक्रम गरी आपसी सद्भाव, मित्रता र एकता अभिवृद्धि गर्ने उद्देश्यका साथसाथै हरेक नेपालीले एक अर्काको धर्म, संस्कार, संस्कृति र पर्वहरुलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।

उनले नेपालमा मनाइने सबै जातजाति र धर्मावलम्वीहरुको चाडपर्व, संस्कार र संस्कृतिहरु उधौली साकेला, चासोक तङ्नाम, यमोरी पून्ही, चासुवा, फोल ष्यांदर, भुजेली पर्व, कोशी(लदी) पूजा, जितिया, माघी, ल्होछार, दशैं, तिहार, छठ, धान्य पुर्णे, गोठ पूजा, होली, महात्रिवरात्री, बोलबम, कुम्भ मेला सबैमा विशेष कार्यक्रम गरी सम्बन्धित समुदाय समेलतलाई सहभागी गराई गत वर्षदेखि सामुहिक रुपमा मनाउने गरिएको बताए ।

उनले यस्ता खाले कार्यक्रमले यस अभियानवाट सांस्कृतिक तथा धार्मिक र जातिय समानता कायम गराउन समाजमा जातिय तथा धार्मिक र सांस्कृतिक सद्भाव र सहिष्णुता वृद्धि भएको र सामाजिक एकता मजवुद बनाउन मद्दत पुगेको उल्लेख गरे ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाली कांगेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले राजनीतिक दलका हैषियतले नेपाली कांग्रेसले आदिवासी जनजाति, मधेशी, मुस्लिम, हिन्दु, अल्पसंख्यक सबैका मौलिक पर्वहरुका अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम राखेर जातिय तथा सांस्कृतिक विभेद अन्त्यका लागि महत्वपूर्ण कार्य गरेको बताए ।

उनले नेपाल एकिकरण कै समयदेखि मुस्लिम समुदायको योगदान रहेको बताउंदै अहिले नेपाली राजनीति पेचिलो बन्दै गएकोतर्फ कुरा राख्दै हालको संघीय लोकतन्त्रिक गणतन्त्र, धर्मनिरपेशक्षता, समावेशीता र बहुदलिय व्यवस्थाप्रति सबै प्रतिवद्ध हुनुपर्नेमा जोड दिए ।
वरिष्ठ चिकित्सक डा. खालिद हुसेनले राजनितिक दलका तर्फवाट ईद उल फित्रको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम राखेकोमा खुशी व्यक्त गर्दै ईद उल फित्र, रमजान र रोजाको बारेमा प्रष्ट पारेका थिए ।

धरान मुस्लिम एकता समाजका अध्यक्ष फिरोज अलीले देशकै ठूलो, पुरानो लोकतान्त्रिक पाटी नेपाली कांग्रेसले आप्mनो पर्वको अवसरमा समुदायलाई समेत बोलाएर कार्यक्रम गरेकोमा गर्व लागेको बताए । उनले धरानमा मस्जिद, मदरसा, कबरस्थान आदिका लागि जग्गा अभाव भएको बताउंदै मुस्लिम समुदायप्रति स्थानीय सरकार संवेदनशील नरहेको जिकिर समेत गरे ।

अंजुमने इस्लामियाका महासचिव अफाक अहमदले कार्यक्रमको उच्च प्रशंसा गर्दै नेपाली कांग्रेस सबैको पहिचान र सह अस्तित्वका लागि प्रतिवद्ध रहेको महशुस भएको बताए । उनले मुस्लिम संस्कार, परम्परा र सांस्कृतिक मूल्य मान्यताका बारेमा प्रकाश पार्दै अझैपनि सांस्कृतिक तथा धार्मिक विभेद कायम रहको भन्दै अन्त्यका लागि नेपाली कांग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले गम्भिरताका साथ विशेष पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य अलिम अन्सारी, अंजुमने इस्लामियाका अध्यक्ष शेख युसुफ, नेपाल मुस्लिम संघका कोशी प्रदेश सदस्य अब्दुल मोजिव, हाजी प्रो शेख मोहम्मद, हाजी नौशाद आलम, हाजी मो. मुतर्जा अन्सारी, हाजी यादिल शेख, प्रवेज आलम, हाजी डा. कादिर आलम, मो. हैदर खान, मो. जशिप शेख, मो. शाकिर अली, मो. मोयाहिद खान, हसिवुर रहमान, समिम अख्तर अन्सारी, ब्लर्ड फर निडका अध्यक्ष अरमान अली लगायतका मुस्लिम समुदायका धार्मिक एवम् सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाली कांग्रेसका जिल्ला सदस्य रिता सुन्दास, निर्मला नेपाल, महाधिवेशन प्रतिनिधि ललिता अधिकारी, राजु साह, क्षेत्रीय सचिव केशव पुरी, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सदस्य श्याम सुब्बा, शिखा चेम्जोङ, प्रदेशसभा १(१) कोषाध्यक्ष रविना सुब्बा गुरुङ, प्रदेशसभा १(१) सहसचिव रमिता श्रेष्ठ, सदस्य वुना शंकर, नेपाल लोकतन्त्रवादी आदिवासीजनजाति महासंघका प्रदेशसभा १(१) अध्यक्ष भावना चित्रकार, धरान नगर अध्यक्ष कृष्णकुमार राई(भुपाल), क्षेत्रीय सदस्य धना लिङ्देन मगर, नेपाल मजदुर संघका नेता तथा वडा सभापति सुवर्ण मोहन पालिखे लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा धन्यवाद मन्तव्य क्षेत्रीय सचिव केशव पुरीले गरेका थिए भने संचालन क्षेत्रीय सदस्य एवम् महिला विभाग प्रमुख सन्ध्या श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित