संखुवासभा (शिङ्सालिङ) । संखुवासभा जिल्ला स्थित शिङ्सालिङ हालको भोटखोला गाउँपालिका मकालु बरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा १५० कि.वि.को पुर्जिमा हजार बढी कि. बि. काठ काटेको पाइएको छ ।
मकालु बरुण राष्ट्रिय निकुञ्जमा भिडियो सहितको उजुरी परेपछि स्थलगत रुपमा निरीक्षण अनुगमन गर्न आएपछि माथिको तथ्य खुलेको हो । चेपुवा स्वास्थ्य चौकिमा कार्यरत नोर्चे भोटे विरुद्ध उजुरी परेपछि भोटखोला गाउँपालिका २ शंखभिरमा स्थलगत निरिक्षण अनुगमन गरेको कुरा रेन्जर डिल्ली राईले जानकारी दिए । मकालु गाउँपालिकाले भोटखोला गाउँपालिकाबाट जडिबुटी लैजाँदा दोहोरो कर लगाएको विषयमा चिसेफायुले निकुञ्जका रेन्जरसंग बुझ्ने क्रममा उपरोक्त कुराको रहस्य खुलेको हो ।
रेन्जर राई र स्काउट थोङ्मिक भोटे सहित शंखभिरमा अनुगमन गर्दा पुर्जी भन्दा बढी काठ काटिएको अवस्थामा भेटिएको कुरा रेन्जर डिल्ली राईले बताए । जंगलमा भेटिएको सबै काठमा संकेत मार्किङ गरिएको बताए । हाललाई काठ काट्ने ब्यक्ति नभएकोले थप कार्वाही गर्न नसकेको रेन्जरले बताए । जंगलमा रहेको सबै काठ दम्दाङ्मा सामुदायिक वनलाई नै जिम्मा दिने र निकुञ्जले निर्णय नगरेसम्म सामुदायिक वनमा नै रहने उनले बताए ।
वन विनास हुनुमा मुख्य दोषी कमजोरी दम्दाङमा सामुदायिक वनको रहेको रेन्जरले बताए । अन्य सामुदायिक वनमा पुर्जी दिएर रुखमा टाँचा लगाई नियमित अनुगमन गर्ने प्रावधान रहेकोमा दम्दाङमा सामुदायिक वनले त्यो काम नगरेको बताए ।
रेन्जर डिल्लिले उजुरी नोर्चेमाथी परे पनि वनको अवस्था हेर्दा त्यही अनुसार अरुले पनि कटान गरिएको स्थलगत अनुगमनले देखाएको बताए । यस विषयमा दम्दाङमा सामुदायिक वनको मुख्य कमजोरी देखिएको भन्दै सामुदायिक वनलाई स्पष्टीकरण लिनुपर्ने अवस्था रहेको बताए ।
यस विषय सामुदायिक वनका अध्यक्ष तथा भोटखोला गाउँपालिका वडा नम्बर २ का वडा सदस्य कासाङ धर्छे भोटेले आफुले पुर्ची माग अनुसारको दिएको बताए । रेन्जर सामुदायिक वनका अध्यक्षको घरमा पुगेर यस विषयमा सोधपुछ गर्दा स्थलगत रुपमा के कति काटिए कस्तो अवस्थामा छ निरिक्षण अनुगमन गर्न नगएकोले उजुरी अनुसारको कुरा आफुलाई थाहा नभएको रेन्जरलाई जानकारी दिए ।
केही दिन अघि मात्र चिसेफायुले सांग्रीला उर्जा कम्पनीको डोजर अवरोध गर्दा स्थानीय एक व्यक्तिले मध्यवर्ती क्षेत्रमा वन विनास गरिएको आरोप लगाएको थियो । त्यस विषयमा समेत रेन्जरसंग बुझ्दा यस अघि वडा अध्यक्ष जिप्पा तेन्जिङलाई समेत स्पष्टीकरण सोधिएको बताए । स्पष्टीकरणमा कृषी मार्ग चुनावी नारा एजेन्डा भएकोले सोही अनुसार बजेट विनियोजन गरिदै आएको जानकारी दिएको बताए ।
च्याम्ताङ रिदाक ताले खर्क कृषी मार्गको बहानामा सांग्रीला उर्जासंग मिलेमतो रहेको स्थानीयको आरोप छ । यस अघिको अवरोध सोही अनुसार कृषी मार्ग भन्दै सांग्रीला उर्जा कम्पनी प्रवेश गराउन खोजेको भन्दै स्थानीयले अवरोध गरेका थिए । च्याम्ताङ रिदाक ताल खर्क कृषि सडक लानु भन्दा छुमसुर रिदाक तालखर्क लानु धेरै कम खर्चिलो देखिन्छ । यहि अवस्थाले पनि जनप्रतिनिधिहरुप्रती स्थानीयले सांग्रीलासंग साँठगाठ मिलेमतो रहेको आरोप छ ।
Discussion about this post