पत्रकार रजकको राजावादीबाट हत्याको अनलाइन मिडिया एसोसिएसनको बिरोध,कार्वाहीको माग

धरान । एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकलाई राजावादीले तिनकुने काठमाडौमा आगो लगाई हत्या गरिएको विरुद्ध बिरोध जनाउँदै कार्वाहीको माग गरिएको छ ।
अनलाइन मिडिया एसोसिएसन नेपालले प्रेस बिज्ञप्ति जारी गर्दै राजावादी जस्ले पत्रकार सुरेश रजकलाई आगो लगाई मारेको भन्दै कार्वाहीको माग गरिएको छ । एसोसिएसनका अध्यक्ष स्वर्णिमहाङ फोम्बो र सचीव अशोक विश्वकर्माद्वारा हस्ताक्षरित बिज्ञप्तिमा राजावादीले राजा फर्काउने नाममा गरिएको आन्दोलनको बहानामा पत्रकार रजकाको हत्या ब्यक्ति हत्या नभै आम संचार मिडियामाथिको प्रहार भएको ठहर भएको निष्कर्ष रहेको उल्लेख छ ।

                    प्रेस बिज्ञप्ति

मिति २०८१/१२/१९
राजा ल्याउने भन्ने आन्दोलनको नाममा राज्यको चौथो अंगको रुपमा लिदै आएको संचार जगतमा चैत १५ गतेको आन्दोलन प्रदर्शनका क्रममा राजावादी अराजक समूहले एभिन्युज टेलिभिजनका संवाददाता सुरेश रजकलाई आगो लगाई निर्मम रुपमा हत्या गरिएको अमानवीय क्रियाकलापप्रती अनलाइन मिडिया एसोसिएसन नेपाल घोर भत्सर्ना अनि आपत्ति जनाउदछौ ।

निष्पक्ष पारदर्शी सत्यतथ्य समाचार आम सर्वसाधारण समक्ष प्रकाशन प्रशारण सम्प्रेषण गर्नु संचार जगत मिडियाको कर्तव्य दायित्व हो । देशमा एकातिर राजावादीको आन्दोलन छ भने एकातिर सरकारले कुलमान घिसिङलाई हटाएको विरुद्धमा देशब्यापी आन्दोलन चलिरहेको छ । यसरी सत्यतथ्य हुबहु गतिविधि प्रकाशन प्रशारण गर्दा अराजक गतिविधि महसुस गर्दै प्रतिशोधको भावनाले सुरेश रजक एउटा व्यक्तिमाथी भएको हत्या हमाला आम संचार मिडियामाथी प्रहार गरिएको ठहर अनलाइन मिडिया एसोसिएसनको छ ।

आफ्नो अधिकार स्थापित गर्न राज्यसत्ता विरुद्ध आन्दोलन गरिरहँदाको जेजस्तो गतिविधि भए पनि सत्यतथ्य प्रशारण प्रकाशन गरुरहँदा आन्दोलनरत पक्षले संयमयता अपनाउनु पर्नेमा त्यस्ता गतिविधि सम्प्रेषण गर्ने संचारकर्मीमाथी अमानवीय व्यावहार गर्नु निन्दनीय काम भएको छ ।

भोलिको दिनमा राजा आएको खण्डमा मिडिया संचार पत्रकारको अवस्था के हुने भन्ने कुरा पनि यसै घटनाले अनुमान गर्न सकिन्छ । यस्तो अवस्थामा संचार मिडिया राजा विरुद्ध लाग्नुपर्ने भन्न खोजेको हो ? के सत्यतथ्य गतिविधि जो जस्को भए पनि आम नागरिक समक्ष पुर्‍याउन नहुने हो?

अन्त्यमा पत्रकार सुरेश रजकमाथी भएको अमानवीय क्रियाकलाप गर्ने राजावादी होस या लोकतन्त्रवादी गणतन्त्रवादी जोसुकै होस कडा कार्वाहीको माग एसोसिएसन गर्दछ । जस्ले जस्तोसुकै गतिविधि गरे पनि यस्ता खालका गतिविधि निरन्तर प्रशारण प्रकाशनमा कमि आउने छैन । आम नागरिकले पाउने सूचनाको हक संचार मिडियाले निरन्तर जारी रहने पनि एसोसिएसनको प्रतिबद्धता रहने कुरा यसै बिज्ञप्ति मार्फत जानकारी गराउदछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित