नवीन सेन्चुरि
निर्धारित ४५ मिनेटको निकै नै प्रतिस्पर्धात्मक खेलमा वडा न १८ र १९ को तर्फबाट १/१ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राईब्रेकर मार्फत लिईएको थियो। जहाँ धरान वडा न १८ को जितका लागि जर्सि न ७७ का निकेन राई जर्सि न १७ का सौनक राई जर्सि न ६ का रोशन उराँवले गोल गरे भने जर्सि न ७ का उज्वल राई र जर्सि न ९ का बिबेक परियारले गरेको प्रहार खेर गएको थियो ।
त्यस्तै धरान वडा न १९ को तर्फबाट जर्सि न २ का सनम लिम्बु र जर्सि न ९ का एन्सन राईले मात्र गोल गर्न सके भने जर्सि न ५ का अभिषेक राई जर्सि न १० का आयम राई र जर्सि न २० का नामहाङ्ग लिम्बुले गरेको प्रहार वडा न १८ का गोल किपर जर्सि न ९९ का धिरेज बस्नेतले रोकेका थिए ।
आजको पहिलो खेलको म्यान अफ दि म्याच वडा १८ का जर्सि न ९९ का धिरज बस्नेत घोषित भए। उनले नगद १५ सय पुरस्कार पाए।
त्यस्तैगरि आजै राति ८ बजेर ४३ मिनेटबाट सुरु भएको वडा न ३ र ११ का बिचको दोस्रो खेलमा वडा न एघार ३-१ गोल अन्तरले बिजय भएको हो ।
वडा न ११ को जितको लागि जर्सि न १९ का पवन राईले खेलको दोस्रो हाफको ६ औ मिनेटमा पहिलो गोल गरे भने खेलको दोस्रो हाफको २९ औ मिनेटमा पेनाल्टी मार्फत ब्यक्तिगत दोस्रो गोल गरेका थिए । त्यस्तै जर्सि न २१ का पबिन राई खेलको १३ औ मिनेटमा १ गोल थप्दै आफ्नो टीमलाई ३-१ को अग्रता दिलाएका थिए ।
त्यस्तै वडा न ३ को तर्फबाट जर्सि न १४ का युनिक लिम्बुले खेलको पहिलो हाफको ७ औ मिनेटमा नै आफ्नो टीमको लागि पहिलो गोल गरेपनि वडा न ३ को तर्फबाट थप कुनै गोल हुन नसक्दा हार बेहोर्नु परेको हो ।
आजको दोस्रो खेलको म्यान अफ द म्याच वडा न ११ का जर्सि न ११ पबन राई घोषित हुदै नगद १५ सय सहित मेडल प्राप्त गरे ।
मंगलबारको पहिलो खेल धरान वडा नं १७ र २० बीच साझ ६ बजेबाट र दोस्रो खेल वडा ४ र १३ का बिच साझ ८ बजेबाट हुने आयोजक गोधुली क्लबले जनाएको छ। चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडाको टिम सहभागी रहेको छ। प्रतियोगिताको विजेताले रनिङ ट्रफीसहित नगद १ लाख ५० हजार पुरस्कार पाउनेछ भने उपविजेताले ७५ हजार नगद पाउनेछ ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार, हाई स्कोररले नगद ७ हजार ५ सय पाउनेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट र फाइनलको म्यान अफ दि म्याचले नगद ५ हजार ५ सय पाउनेछन् ।
Discussion about this post