संखुवासभा (शिङ्सालुङ) । चीन सिमा जोडिएको संखुवासभा जिल्लाको शिङ्सालुङ हालको भोटखोला गाउँपालिका वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकिको भवन जिर्ण रहेको छ ।
बालबालिकाको खोप सम्बन्धि भैरहेको बैठकको समयमा चिसेफायु मिडिया पुग्दा त्यहाँ रहेका स्वास्थ्यकर्मिहरुले भवन जिर्ण रहेको बताए । पुरानो भवन जिर्ण हुँदा पानी चुहिने समस्या रहेको कुरा सिअहेव कविता लामाले जानकारी दिए । बिगत भन्दा हाल स्थानीयहरु स्वास्थ्य सम्बन्धि सचेत रहेको बताए ।
वडा नम्बर २ वडा सदस्य कासाङ धर्छे भोटेले स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्न जग्गा आवस्यक रहेको बताए । जग्गादाता निस्केको खण्डमा स्वास्थ्य चौकीलाई थप व्यवस्थित गर्ने योजना रहेको बताए ।
३० वर्ष स्वास्थ्य क्षेत्रमा कार्यरत इनद्र कुमारीले विगतमा स्वास्थ्य चौकिले आफै कम जनशक्तिमा आफै खट्नुपर्ने समस्या रहेको अनुभव सुनाए । तर अहिले त्यो अवस्था नरहेको बताए । अहिले सामुदायिक स्वास्थ्य इकाई हुँदा धेरै सहज भएको उनले जानकारी दिए । तर कोरोनाको कारण बसाइँसराइ जाने भएकोले जन्मदरमा प्रभाव परेको बताए ।
अनमी डेमा भोटेले यस स्वास्थ्य चौकिमा सुत्केरी गराउन बर्थिङ सेन्टरको व्यावस्था रहेको जानकारी दिए । जसको कारण सुत्केरी गराउन सहज भएको बताए । सुत्केरी बढी जोखिम भएको अवस्थामा हेलिकप्टर मार्फत काठमाडौ लाने गरेको जानकारी दिए ।बैठकमा बालबालिकाको लागि गरिएका खोपमा बारे तथ्यांक प्रस्तुत गरेका थिए ।
थुदाममा कार्यरत अहेब छेसाङ भोटेले अति दुर्गम भएकोले संचारको समस्या रहेको बताए । पशुपालन मुख्य पेशा रहेको थुदाममा स्वास्थ्यसंग त्यहाँका स्थानीय सचेत रहेको आफ्नो दुईवर्षे कार्यकालको अनुभव सुनाए । त्यसैगरी छुसुर सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत अहेब सोनाम भोटेले छुमसुरमा रहेको स्थानीयको स्वास्थ्य अवस्था बारे जानकारी दिए ।
Discussion about this post