धरान ८ लाई दुई गोल हान्दै धरान १५ विजय|

नवीन सेन्चुरि

धरान १६ रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शनिवार भएको प्रतियोगितामा धरान १५ ले ८ लाई २–० गोल अन्तरले हराउदै आफ्नो यात्रालाई अगाडि बढाएको हो ।

प्रतियोगितामा जित दिलाउन धरान १५ ले खेलको २५ औ मिनेटमा एरिक गुरुङ र ८४ औ मिनेटमा निकेश गुरुङले गोल गरेका थिए ।

प्रतियोगिताको म्यान अफ दि म्याच धरान १५ का एरिक गुरुङ घोषित हुदै नगद १ हजार ५ सय नगद र प्रमाणपत्र हात पारे ।

भोलिको पहिलो खेल धरान ९ र १४ बीच साँझ ५ बजेबाट हुने र दोस्रो खेल १ र ४ का बिच साझ ७ बजेबाट हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिजेताले रनिङ ट्रफीसहित नगद १ लाख ५० हजार पुरस्कार पाउनेछ भने उपविजेताले नगद ७५ हजार पाउनेछ । यसैगरि, प्रतियोगिताको वेष्ट प्लेयरलाई नगद १५ हजार, हाई स्कोररलाई ७ हजार ५ सय पुरस्कार दिइनेछ भने वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, वेष्ट कोच, वेष्ट स्ट्राइकर, वेष्ट राइजिङ प्लेयर, वेष्ट मिडफिल्डर र म्यान अफ दि म्याचलाई जनही नगद र प्रमाणपत्र प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित