बास्केटबल खेलको क्षेत्रमा धरान नगरको गरिमा झल्काउने राष्ट्रिय स्तरको ९ औँ हराईजन बास्केटबल रनिङ कपलाई
धरान उपमहानगरपालिकाको सँयोजन, धरान-१७ वडा कार्यालयको बिशेष सहयोग र हराईजन क्लब धरानको आयोजनामा हुन लागेको हो। यस प्रतियोगिता हरेक साल सम्पन्न हुने र खेल क्षेत्रमा अभिरुचि खेलाडिहरुको लागि महत्वपुर्ण मञ्चहरु सृजना गर्दैआईरहेको आयोजकले जानकारी दिएको छ।
यस क्लबले बिभिन्न कालखण्डमा बिभिन्न राष्ट्रिय स्तरको कोच, रेफ्री र खेलाडिहरु उत्पादन गरेको गौरबमय ईतिहाँसहरु रहेको छ। भने हाल कयौ बिद्मालयहरुले बास्केटबल प्रशिक्षकहरुलाई नियुक्ति र रोजगारि सृजना गरिरहेको कारण खेल व्यवसायिकिरणमा पनि महत्वपुर्ण योगदान गरिरहेको बसन्त राईले बताउनु भयो।
मोफसलको एकमात्र राष्ट्रिय बास्केटबल हराईजन बास्केटबल रनिङ कप प्रतियोगिता चैत्र ९ देखि १३ सम्म हराईजन क्लव धरान-१७, क्लवको कोट क्षितिज टोलमा हुने छ। उक्त प्रतियोगिताको प्रथम पुरस्कार रु. १,५१,१११ (एक लाख एकाउन्न हजार, एक सय एघार रुपैंया) दोस्रो पुरस्कार रु. ७५,००० (पचहत्तर हजार रुपैयाँ) रहेको छ।
सो प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, बिसाल मिलन केन्द्र काठमाण्डौ, हाउण्ड बास्केटबल काठमाण्डौ, मोरङ बास्केटबल सँघ, झापा बास्केटवल संघ, धरान टिम (निलो) को सहभागी रहने आयोजकले जानकारी दीएको छ।
गत सालको बिजेता ब्रदर्श बास्केटबल धरान रहेको थियो।
यस प्रतियोगितामा आय १० लाख ९० हजार र ब्यय ७ लाख ५१ हजार १ सय ११ रुपैया रहेको क्ल्वले जानकारी दिएको छ। उक्त प्रतियोगिताको सहयोगी संस्थाहरु धरान युके समाज युके, हराईजन क्लब युके, हराईजन क्लव बहराईन, मिलन कोयी एण्ड टम हङकङ, सैण्ट जोसेफ ईङ्लिस बोर्डिङ स्कुल धरान, नेपाल टर्कि समाज र नेपाल बास्केटबल सँघ रहेको छ।
Discussion about this post