धरानका दुईवटा क्याम्पसमा नेतृत्व नेविसंंघलाई ः हात्तीसारमा गठबन्धनको उमेद्वार पराजित

नवीन सेन्चुरि

| सो क्यामपसमा गठबन्धनबाट नेविसंघकौ तर्फबाट सभापतिको उमेद्वार दिएका प्रशान राईसहित सबै प्यानले नै जित हात पारेका हुन् ।
महेन्द्र वहुमुखी क्याम्पसमा ४ हजार २ मतदाता भए पनि २ हजार १ सय ५० मत मात्र खसेको थियो ।
निर्वाचत अधिकृतका अनुसार प्रसानले १२९१ म्त ल्याएर उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युयिनका युवराज राई (अलौकिकलाई) पराजित गरेका हुन् । यस अघि स्ववियु सभापति समेत रहेका समाजवादीका युवराज राईले ६ सय मत मात्र प्राप्त गरेका थिए ।
यसैगरी अर्का प्रतिष्पर्धी अखिल क्रान्तिकारीका सभापतिका उमेद्वार तेजबहादुर राईले ९० र अखिल क्रन्तिकारी मोहन वैध पक्षका सभापतिका उमेद्वार अमृता राईले ६ मत मात्र प्राप्त गरेका थिए ।
यस्तै सचिवमा गठबन्धन प्यानलबाट पवन बस्नेतले ११९३ मत ल्याई विजेता बन्दा उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियनकी बिनिता लिम्बूले ६७२ मतमात्र प्राप्त गरेकी थिइन् । यसैगरि अखिल क्रान्तिकारीका उम्मेद्वार एलन खड्काले १२० मत मात्र प्राप्त गरेका थिए ।
यसैगरी गठबन्धन गरेर कोषाध्यक्षमा उमेद्वार दिएका आलोक लिम्बूले १३०४ मत ल्याएर जित हात पारेका छन् । उनलाईसमाजवादी विद्यार्थी युनियनका जितेन दुमी राईले ५३५ मत ल्याएर पछ्एका थिए भनै अखिल क्रान्तिकारीका कञ्चन ल्वागुनले १३१ मत प्राप्त गरेकी थिइन् ।
यसैगरि सदस्यहरुमा गठबन्धनकातर्फाबाट उम्मेद्वार बनेका ज्ञानेश राईकाँ १२५५ मत, निरज राईको १२८६, अस्मिन लिम्बूको १२७९), स्मृति राइर्का १२५४, देवानी राईको १२४७ विशाल लिम्बूको १२५९, विराज श्रेष्ठको १२१३ र म्हार म्हेन्दो तामाङ को १२२२ मत ल्याउदै जित हात पारेका थए ।आएको थियो ।
यस्तै केन्द्रीय प्रविधि क्याम्पसमा ९ सय ६२ मतदाता भएपनि ७ सय ८५ मत खसेको थियो । सो क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धन स्वतन्त्र उमेद्वार पेशलराज कार्कीले सफल भएका थिए । कार्कीले ४१३ मत ल्याएर जित हात परैका थिए । उनका प्रतिद्वन्द्धी गठबन्धनका अनिरुद्ध श्रेष्ठले ३६४ मत ल्याएका थिए ।
यता सचिवमा भने गठबन्धनबाट उमेद्वार बनेका विश्वेवर प्रसाद बढुले ४२७ मत पाएर निवार्चित भएका थिए भने उनका प्रतिद्वन्द्वी स्वतन्त्र प्यानलका विकास तामाङ घिसिङले ३५० मत पाएका । यस्तै कोषाध्यक्ष स्वतन्त्र प्यानलका नामसाङ्ग राई ४०८ मत पाएर विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका भुवन शाह शंकरले ३५९ मत प्राप्त गरेका थिए ।
सदस्यहरू अस्मिता सुवेदीले ४२३, निशन पराजुलीले ४०७, राजकुमार कठेतले ४०५, दिव्या रायमाझीले ४०२, बरदान राईले ३७२, हाङसु लिम्बुले ३६८ र निजल तामाङले(३६६) मत ल्याउँदै जित हात पारेका थिए । पाएर निवार्चित भए ।
यसैगरि, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा भने विद्यार्थीहरु छुट्टाछुट्टै ढंंगबाट उमेदारी बनेका थिए । सो क्यामपसमा नेविसंघका सभापति उम्मेद्वार सागर बस्यालले ६६८ मत ल्याएर विजयी भएका छन् । निर्वाचित सभापति बस्यालको निकटतम प्रतिद्धन्द्वी समाजवादी विद्यार्थी युनियनका गणपति झाले ४४६ मत पाएमात्र प्राप्त गरेका थिए । यस क्यामपसमा सभापतिको उमे अनेरास्ववियुका इश्वर बञ्जाडेले ३५२ मत ल्याएर तेस्रो भएका थिए ।
सचिवमा अनेरास्ववियुका प्रमिशा न्यौपानेले ५८० मत ल्याएर विजयबी बन्दा निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियनका अभिषेख यादवले ५६३ मत ल्याएका थिए भने नेविसंघका अमरेन्द्रकुमार यादवले ४७२ मत मात्र ल्याएका थिए ।यसैगरि कोषाध्यक्ष नेविसंघका यामनाथ गुरागाईले ६७४ मत ल्याए निवार्चित बन्दा निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रदीपराज तिवारीले ५३१ मत पाएका थिए भने संघीय विद्यार्थी युनियनका मणिराज साहले ४३६ मतमात्र प्राप्त गरेका थिए ।
सदस्यहरुमा नेविसंघका आशिष ढकालले ७७३, अनिस राजभण्डारीले ७१४, जयन्त धामीले ७८१, आयुष खतिवडाले ५९५, विद्या भण्डारीले ५८६, अनेरास्ववियुका अभिषेक कोइराला ६२९, र आयुष्मा ढकालले ५६६ मत प्राप्त गदर्० निवार्चित भएका छन् । यस क्यामपसमा क्याम्पसमा २ हजार ३सय ६२ मतदाता रहेकोमा १ हजार ९ सय ८४ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित