भोटखोला गाउँपालिकाका दुई माबिबाट ९५ जना एसईई सहभागी

संखुवासभा (भोटखोला) । संखुवासभा जिल्लाको शिङ्सा क्षेत्र हालको भोटखोला गाउँपालिकाबाट आजदेखी संचालन हुने एसईई परिक्षामा ९५ जना सहभागी रहेका छ्न ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाका अनुसार यस पालिकामा रहेको दुईवटा माबी अरुणोदय माबी र कृष्ण माबिका जम्मा ९५ जना छात्र छात्राहरु परिक्षामा सहभागी भएका हुन ।

आइरन गेट फलामे द्वारको रुपमा लिदै आएको तत्कालीन एसएल्सि परिक्षालाई पछिल्लो समयमा एसईईको नामबाट परिक्षा संचालन भैरहेको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आईसकेपछी शिक्षा क्षेत्रको अधिकार स्थानीय सरकारलाई दिएको छ । थप व्यवस्थित गर्न संसदमा नयाँ शिक्षा ऐन समेत पेश भए पनि पारित हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित