नक्सा पास बिना निर्माण भएका बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई कानुन बमोजिम नक्सा पास गर्न पत्राचार

धरान । दक्षिण एशियामा गन्तिमा रहेको बाराम्बार भ्रष्टाचारमा मुछिएको धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई नक्सा पास गर्न पत्राचार गरिएको छ ।

मेयर हर्क साम्पाङले आधिकारिक रुपमा नै पत्र काटेर नक्सा पेश भनिएको छ ।

पत्रको पुर्ण पाठ :

श्री वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरान-१८।

विषयः नक्सा पेश गर्ने सम्बन्धमा ।

उपर्युक्त सम्बन्धमा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा २७ को उपदफा १ बमोजिम नक्सा पास नगराई भवन निर्माण गर्न नहुने भन्ने व्यवस्था रहेको कारण (१) तथा सो ऐनको दफा ३९ को उपदफा ४ र ५ बमोजिम यदी कसैले नक्सापास नगरी वा पास भएको नक्सामा स्वीकृति वेगर हेरफेर गरी भवन निर्माण गरेको वा गरिरहेको ठहरेमा नक्सापास नगरी भवन बनाएको भए पाँच लाख रुपैया सम्म र पास भएको नक्सामा स्वीकृति बेगर हेरफेर गरी भवन बनाएको भए दुई लाख रुपैया सम्म जरिवाना गरी सो भवन वा त्यसको कुनै भाग भत्काउन सक्ने प्रावधान रहेको कारण (२) तथा भवन निर्माण सम्बन्धी आधारभुत निर्माण मापदण्ड, २०७२ को दफा ८ अनुसार निर्मित भवन नियमित वा अभिलेखिकरण गर्ने पर्ने व्यवस्था भएको हुँदा कारण (३) धरान उपमहानगरपालिका वडा नं. १८ भित्र रहेको त्यस प्रतिष्ठानका सम्पूर्ण भवनहरुको समेत कानूनमा व्यवस्था भए बमोजिम नक्सा पेश गर्न हुन र नक्सा पास गराउन हुन जानकारीको लागि अनुरोध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित