खाँदबारी किमाथांका बाटो सवारी कठिन

संखुवासभा (शिङ्सालुङ्ब ) छिमेकी मित्र राष्ट्र चीन नजिक रहेको शिङ्सा क्षेत्र भोटखोला गाउँपालिकामा यातायात अवरुद्ध भएको छ ।

फागुन ११ गते छुमसुर धोङ्गोक्पा खण्डमा पहिरो गएपछि बाटो अवरुद्ध भएको कुरा स्थानीयले जानकारी दिए । पहिरो गएपछि च्याम्ताङ (दम्दाङम) छुमसुर किमाथांका यातायात खच्चर तथा मानिस आवातजावत अवरुद्ध भएको छ । अवरुद्ध बाटो हटाउन च्याम्ताङमा रहेको सेनाको डोजर गएको स्थानीयले बताए ।

त्यसैगरी गएरातीको पानीले बरुण नजिक र हटिया हुङ्गुङ बिच ढिग डाँडामा पहिरो गई बाटो अवरुद्ध भएको कुरा भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले जनाएको छ । जसको कारण उत्तर दक्षिण राजमार्ग अबरुद्ध भएको जनाएको छ । अबरुद्ध बाटो तत्काल हटाई यातायात सुचारु गर्न आयोजनासंग समन्वय भै त्यस तर्फ मेशिन पठाउने काम भएको अध्यक्षले जनाएको छ ।
खाँदवारी किमाथांका १६५ किलोमीटर सडक खण्ड ब्याककटिङ भैरहेको छ । जसका कारण साना सवारी बोलेरो वानटेन लगायत साना यात्रु सवारी च्याम्ताङ (दम्दाङम),छुमसुर पुग्न सकेको छैन । ब्याककटिङसंगै उच्च हिमाली भेगमा हिमपात र तल्लो भेगमा वर्षा भैरहेको छ । वर्षाका कारण हिलाम्मे भै बाटो अबरुद्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित