छुजुङ खोलामा सांग्रीला उर्जा कम्पनिले ६३ मेघावाट जलविद्युत निकाल्न छुन्जम मेम्बुक क्षेत्रमा डोजर लगाँउदा स्थानीयले रोक्न तथा नचलाउन सम्बन्धितलाई आग्रह गरिएको कुरा स्थानीयले जनाएका थिए । तर स्थानीयको आग्रह अनुरोधलाई बेवास्ता गर्दै साँग्रीला कम्पनीले डोजर लगाएको कुरा त्यहाँका स्थानियले बताए ।
डोजर नचलाउन भन्दै स्थानीयहरु सनवाङ्जा भोटे,किरण भोटे ,जेन्जेन भोटे ,फुच्याक भोटे ,ज्यजो भोटे ,टेसि भोटे,वङ्दा भोटे,किन्साङ भोटे,साङाक भोटे,साम्तेन भोटे लगायतका स्थानीय स्थलगत रुपमा गएको बताए । उनिहरुले स्थानीयसंग समन्वय बिना डोजर नचलाउन आग्रह गर्दा केन्द्र सरकारको हवला दिदै जथाभावी डोजर चलाएको आरोप छ । ती युवाहरुले यसरी आग्रह गर्दा सहि स्थानमा डोजर नचलाएको महत्वपूर्ण रुखहरु जथाभावी लडाई नष्ट गरेको आरोप छ ।
प्राकृतिक बिनास गरेको पुर्खाको आस्थाको स्थान काचोक दोरिङमा डोजर लगाएको भन्दै विकासको नाममा बिनास गर्न खोजेको आरोप लगाएको छ ।
सांग्रीला उर्जा कम्पनी प्रवेश गर्न नदिन भन्दै च्याम्ताङ (दम्दाङम)मा रहेको बाटोको लागि पर्ने जग्गा धनिहरु धसाङ भोटे,ङिमदोर्ची भोटे,किजा भोटे,काले भोटे ,थोक्मिक भोटे,नुर्पु भोटे,रिन्जिन भोटेले लगायतले अहिलेसम्म मुअब्जा नबुझी अवरोध गरिरहेका छन । कम्पनिले वातावरण मुल्यांकन गर्ने क्रममा त्यस क्षेत्रमा याङ्ला भन्ने गाउँ नै नभएको छेत्री बाहुन समेत नभएको अवस्थामा हचुवाको भरमा प्रतिवेदनमा उल्लेख गरेको दाबी छ ।
जनप्रतिनिधिहरुले स्थानीयको भावना विपरीत काम गरेको भन्दै आरोप तथा गुनासो गर्दै आएको छ ।
संखुवासभा लर्निङ ग्राउण्डले लुङ्ब साम्ब प्राकृतिक संरक्षणको अवधारणा अगाडि सार्दै जलविद्युत लगायत सडक निर्माणकार्य गर्न नहुने भनी विवाद भैरहेको छ । भोटखोला गाउँपालिकाले वातावरण सम्बन्धि कानून समेत पारित गरेको भन्दै कानुन विपरीत प्राकृतिक विनास गरेको संखुवासभा लर्निङ ग्राउन्डले दाबी गर्दै आएको छ । संविधान अनुसार स्थानीय सरकारले बनाएको कानून विपरीत प्राकृतिक विनाश गरेको भन्दै च्याम्ताङ काठमाडौ सम्पर्क मन्च सहितको तर्फबाट सर्वोच्च अदालतमा समेत मुद्दा परेको छ । मुद्दा विचाराधीन हुँदाहुँदै पनि डोजर चलाईरहेको छ ।
गाउँमा यतिबेला संखुवासभा लर्निङ ग्राउन्ड र सांग्रीला उर्जा कम्पनी बिच दुई पक्ष भएर विवाद भैरहेको छ ।
Discussion about this post