धरानमा नियम बिपरित मेला सञ्चालन स्थानिय निकाय ,प्रहरी,प्रशासन मौन


नविन सेउन्चुरी,

धरानमा माघ २६ गते देखि सञ्चालन भएको ‘बिजनेस एक्स्पो’नामको मेला नियम बिपरित संचालन भै रहेको पाईएको छ।
धरान १६ स्थित धरान रंगशालामा सञ्चालन भएको मेलालाई जिल्ला प्रशासन कार्यालयले स्वीकृति दिँदा बन्देज गरेका १७ बुँदे सर्त विपरीत गरिएको पाईएको छ ।
बिजनेस एकस्पो नामक १५ दिने मेलामा स्टलहरूमा मदिराजन्य पेय पदार्थ विक्री वितरण भइरहेको स्थानीय धरान १६ बासीहरुको भनाई रहेको छ ।
जिल्ला प्रशासनले सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिएकोमा खेल तमासा जुवाजन्य खेल र मदिरा जन्य पदार्थको स्टल राखिएको मेला घुमेकाहरूले बताएका छन् । धरान उपमहानगरपालिको सिफारिसमा जिल्ला प्रहरी कार्यालय सुनसरीले १७बुँदे सर्त राखेको छ । सर्तहरूमा जुवाजन्य कुनै पनि खेल डाइस तथा डाइसजन्य खेल सञ्चालन गर्न पाउने छैन ।तिर निशान, रेस घिर्नी रेस, हाउजी, पैसा राखेर खेल्ने कुनै पनि जुवाजन्य खेलहरू सञ्चालन गर्न नपाउने तोकिएको छ । मदिराजन्य चिज बस्तु बिक्री वितरण गर्न तथा सेवन गर्न निषेध गरिएको छ ।
सामाजिक विकृति पैदा हुने खालका र कानुनले निषेध गरेका कार्यक्रमहरू सञ्चालन नगर्ने नगराउने सर्त पनि छ । सांस्कृतिक कार्यक्रममा भद्र पोसाक लगाउने जस्ता सर्त पनि छ । ती सर्तहरूको पालना भने महोत्सव आयोजकले नगरेको स्थानीयले बताएका छन् ।
मेला नामको बिजनेस एक्सोलाई स्थानीय सरकार धरान उपमहानगरपालिकाले राती १० बजेसम्म संचालन अनुमति दिएको भएतापनि मेला आयोजकहरुले जिल्ला प्रशासनले दिएको १७ बुदे शर्तको उल्लघंन गदै रातको १२ देखी १ बजे सम्म चर्को आवाजमा कन्सर्ट गर्दै संञ्चालन गरेको स्थानियहरुको का नबिन मगरातीले बताए । उनले भने ‘नाम चै ब्यापार मेला तर काम चै नाफा कमाउने मात्र भै रहेको छ । ’ उनले रातभरको चर्को आवाजमा कन्सर्ट हुदा सुत्केरी महिला,बयबृद्धहरुलाई असर पुगेको छ । रातभर हुने कन्सर्ट चलाउनाले झैझगडा तथा ग्यांग फाईटमा वृद्धि हुनाको साथै रातमा बढी दुर्घटना भै रहेको गुनासो मगरातीले गरेका छन । उनले भने रातभर मेला सञ्चालन भै रहेको छ तर स्थानीय सरकार ,प्रहरी प्रशासन मौन छ । उनले भने ‘प्रहरी र स्थानीय सरकारले कारवाही नगरेको देख्दा तँ मोटै रकमको चलखेल भएको छ कि जस्तो लाग्छ । ’
वडा नं १६ का वडाअध्यक्ष मुररी प्रसाद भट्टराईले बर्षमा एकपटक मात्रै मेला सञ्चालन हुने भएपो स्थानीयहरुलाई पनि रमाईलो हुन्छ । धरान तँ अहिले बाह्रैमास मेला हुन्छ ब्यापार मेला भन्यो पैसा कमाउने काम मात्र हुन्छ खोई कस्ता खाले व्यापार हो भन्दै वडाअध्यक्ष भट्टराईले भने मेलाले स्थानीय आसपासका बासिन्दा मेलाले आजित भै सकेको भन्दै सयौ गुनासो वडामा आएको बताए । ब
वडाअध्यक्ष भट्टराईले खासमा रातको ८ बजे सम्म मेला महोत्सव संचालन गर्न सकिने भनेर अनुमति दिए पनि रातको १ बजे सम्म सम्म मेला सञ्चालन भएके उनले बताए ।
धरान उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख बेदप्रसाद सापकोटाले वस्तुको बजारीकरण र व्यापार प्रवर्द्धन गर्दै स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने तथा स्थानीय संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना भएको बताए ।
उनलेमेला, महोत्सव तथा प्रदर्शनीहरूले मुलुकको आर्थिक तथा सांस्कृतिक पक्षमा विशेष महत्व राखेको पाइन्छ। यसै तथ्यलाई मनन गर्दै मेला, महोत्सव तथा प्रदर्शनीहरूलाई व्यवस्थितरूपमा सञ्चालन गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित