धरान । राष्ट्रिय आविष्कार केण्द्रका संस्थापक डा. महावीर पुनको आत्मकथा पुस्तक धरानमा अत्याधिक मात्रामा बिक्रि भैरहेको छ ।
बिरगंज कृषि औजार कारखाना संचालन गर्न भन्दै राज्य सरकारले चासो नदिएको अवस्थामा आफैले पुस्तक लेखेर बिक्रीवितरण गरि आएको आम्दानीले कृषि औजार कारखानामा लगानी गर्ने उदेश्यका साथ ४० जिल्लाभर घुमिरहेका छन ।
धरानमा माघ २६ गतेदेखि बिक्रीवितरण गरिदै पुस्तक महावीरले बैकमा जम्मा गरेको चारवटा भौचरको हिसाबमा ५१ लाख ३० हजारको बिक्रि भएको देखाएको छ । सामाजिक संजालमा नै सार्वजनिक गरिएको बैक भौचरमा बैक क्यु आरको हिसाब अझै रहेको उनले उल्लेख गरिएको छ । उनी आठौं दिनमा पनि पुस्तक बिक्रीवितरण गरिरहेका छ्न। उनले धरानमा पुस्तक बिक्रि उच्च रुपमा भएको देखेर धराने जनता अचम्म रहेछ भनेर स्टाटस नै लेखेका छ ।
पुनलाई यतिबेला धरानमा संघसंस्थाले सम्मान गर्ने तथा पुस्तक बिक्रीवितरण तिब्र रुपमा भैरहेको छ । यस गोर्खा भुपुबाट श्रम संस्कृति पार्कमा सम्मान तथा बिक्रीवितरण गरिएका थिए । फागुन ३ गते किरात राई यायोक्खा सुनसरीले बनभोज सहितको आयोजनामा २ लाख ६२ हजार ५ सय रुपैयाको पुस्तक बिक्रीवितरण भएको कुरा शिव बान्तवाले जनाएको छ ।
फागुन ४ गते किरात याक्थुङ चुम्लुङले सम्मान कार्यक्रम सहित पुस्तक बिक्रीवितरणको कार्यक्रम राखिएको जनाएको छ। धरानमा रहेका विभिन्न बिद्यालय कलेजमा दैनिक तालिका बनाएर बिक्रीवितरण भैरहेको छ । महावीर पुनको पुस्तक बिक्रीवितरण गरि रेकर्ड कायम गराउन भन्दै स्वतन्त्र नागरिक समाज समीर तामाङ सत्य घले मिना सिङ्घक शिव बान्तवा लगायत निरन्तर खटिरहेका छन ।
महावीरले हालसम्म ९ करोड बढि रकम वापतको पुस्तक बेचिसकेको बताए । पुस्तक बेचेर पैसामात्र जम्मा नगरेको भन्दै कारखानामा काम संचालन भैरहेको जानकारी दिए ।
Discussion about this post