कोखा खानेपानी दोस्रो प्रोजेक्ट २५ किलोमीटर परिक्षण,१८ किलोमिटर पाइप तान्न बाँकी, ९० किलो मासु सहितको खाना खुवाए(भिडियो सहित )

 

धरान । पहिलो कोखा खोलाको पानीको सफलतापछी दोस्रो प्रोजेक्ट २५ किलोमीटर पानी परिक्षण गरिसकेको छ ।
फागुन ३ गते पनि व्यापक श्रमदाताको उपस्थितिमा बराहक्षेत्रको कटहरेमा पाइप तानियो । ब्यानर सहित आएका नयाँ आहाले उत्थान मंच धनकुटा, तल्लो उदय इन्द्रेणी मार्ग धरान १७, किरात राई यायोक्खा धरान १४, खैरेनी टोल विकास संस्था धरान १७, बिच घोपा सुनौलो चोक धरान ११/१७, स्वतन्त्र नागरिक समाज धरान १३, टेम्के सिवन सुनौलो साम्पङ मार्ग धरान १७ सहित करिब एक हजार तीन सयको संख्यामा आएका श्रमदाताले पाईप तानेका थिए ।

शनिवारको श्रमदाताको लागि भनेर धरान ११ निवासी हाल युकेमा रहेका खड्गमाया राई र पदम राईले रु एक लाख खाना खुवाउन पठाएको कुरा किचन व्यावस्थापन संयोजक कमला लिम्बुले जानकारी दिए । समला साम्पाङ मार्फत उक्त सहयोग आएको भन्दै मासु खाना नै खुवाउनु भनेको हुनाले सुँगुरको मासु ७५ किलो र कुखुराको मासु १५ किलो गरि ९० किलो मासु सहित सहकारीको लागि च्याउ सब्जी खुवाएको जानकारी दिए ।

शनिवार ट्रस्ट ग्रीन टिमा नियमित जस्तै भेला भै पाईप र सुम्निमा परुहाङको लागि लाखौ रुपैया अर्थिक सहयोग हस्तान्तरण भएको छ । दोस्रो कोखा खोला प्रोजेक्टका संयोजक दिनेश बान्तवाले बराहक्षेत्र नगरपालिका १ चावचा भन्ने स्थानमा करिब २५ किलोमीटर पानी परिक्षण गरिसकेको बताए । अब करिब १८ किलोमिटर पाईप तानेर जोड्न बाँकी रहेको बताए । अहिले पाईप किन्न आर्थिक अभाव भएको भन्दै यस अघि खाना खुवाउन पठाएका केही रकमहरु पाईप किन्न परिवर्तन गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित