नवीन सेन्च्युरी
धरान । नेपाल रहेका विभिन्न जात जाती मध्ये खस पनि एक हो । जसको संस्था खस समाज प्रतिष्ठान नेपाल धरान उपमहानगरपालिकाको प्रथम नगर अधिवेशन तथा मैत्रीपुर्ण बनभोज कार्यक्रम सम्पन्न भएको छ।
फागुन ३ गते धरान-८ स्थित लाङ्घाली सामुदायिक वनको सभा हलमा महेन्द्र महुमुखी क्याम्पसका पुर्व प्रा. कुमार बहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
धरानमा छरिएर बसेका खस जातिहरुलाई एकरूपता बनाउने उदेश्यले आयोजना गरिएको अधिवेशन तथा बनभोज कार्यक्रममा धरान बाहिरबाट विभिन्न खस समाज प्रतिष्ठान नेपालको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न खस जातीका साँकृतिक नित्य तथा कलाको प्रदर्शन गरिएको थियो।
अधिवेशनले धरान नगरको नयाँ कार्यसमिति चयन गरेको छ । जस अनुसार विजय घिमिरे अध्यक्ष, खगेन्द्र कुवर वरिष्ठ उपाध्यक्ष, डि.वि विष्ट र श्याम कार्की उपाध्यक्ष, ज्ञानेन्द्र वस्नेत सचिव, राजेन्द्र कार्की सहसचिव, फणीन्द्र कार्की कोषाध्यक्ष, तुलसा कटुवाल सह-कोषाध्यक्षमा निर्वाचन भएका थिए।
त्यस्तैगरि भुमिका कार्की, तिर्थ दाहाल, किरण थापा, अर्जुन खड्का, रेखा कार्की, मान बहादुर कटुवाल, विशाल जङ कटुवाल, उमा पराजुली, मदन कार्की, पदम बस्नेत, मेघराज पौडेल, मेघनाथ थापा, उत्सव कटुवाल, गग्गा माया कुवर, आशिष् कटुवाल, मीन बहादुर दाहाल, इन्द्र कुवर, कमला खड्का, वृर्ख बहादुर बस्नेत, विद्या खडका, माया विष्ट र गोपाल पौडेल सदस्यमा निर्वाचन भएका थिए।
कार्यक्रममा सभाध्यक्ष खस समाज प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष विनेश कुमार थापा, विशिष्ठ अतिथि प्रदेश १ सभा सदस्य रमेश कुमार बस्नेत, संयुक्त खस क्षेत्री नेपाल वरिष्ठ उपाध्यक्ष प्रताप कुमार थापा, खस अभियन्ता तथा विशिष्ठ पत्रकार किशोर कार्की, धर्मराज खड्का, योगेन्द्र क्षेत्रीको उपस्थिति रहेको थिए।
Discussion about this post