जनयुद्ध दिवसमा रक्तदान कार्यक्रम(भिडियो सहित )

 

 

धरान । नेकपा माओवादी केन्द्र धरानले ३० औ जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
फागुन १ गते धरानको लोकतान्त्रिक चौतारीमा पार्टीले आयोजना गरिएको कार्यक्रम पार्टीका नेता अजम्बर काङ्माङको प्रमुख आतिथ्यमा भएको हो । नेता काङमाङले माओवादीले जनयुद्ध नगरेको भए यतिबेला एमालेहरु राजाको हुकुमबाट निना विभागिय मन्त्री पाईबक्सेकोमा धन्यवाद त कृतज्ञता चढाई बसेको हुने अवस्था आउने भएको बताए ।

पार्टीले संविधान संशोधनको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय शासकीय स्वरुपको कुरा रहेको बताए । काङ्माङले सरकारले छ वटा अध्यादेश ल्याएकोमा जनता समाजवादी पार्टीले भुमी सम्बन्धिमा समर्थन नगर्ने भएकोले सरकार नैतिक संकटमा पर्ने भएको बताए ।

रक्तदान कार्यक्रममा पार्टी कार्यकर्ता,यातायात मजदुर,सर्वसाधारण लगायतले रक्तदान गरेका थिए ।
जनयुद्ध हिंसात्मक भएको भनेर विवाद उठिरहेको बेला नेकपा माओवादीले हरेक फागुन १ गते जनयुद्ध दिवस मनाउदै आएका छन । जनयुद्ध शुरूवात भएको पहिलो दिन फागुन १ गते भएको सम्झनामा जनयुद्ध दिवस मनाउदै आएका छन ।

माओवादीले थालेको १० वर्षमा १७ हजारको ज्यान राज्यपक्षबाट र संघर्षरत पक्षबाट भएसंगै हजारौं अहिले पनि बेपत्ता छ्न । तत्कालीन शेरबहादुर देउबा प्रधानमन्त्री भएको पालामा ज्ञापनपत्र बुझाउदै जनयुद्ध शुरु गरेका थिए ।

जनयुद्धको कारण शाह वंशिय राजतन्त्र पतनसंगै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको दाबी माओवादी केन्द्रले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित