धरान १५ मा यस आर्थिक वर्षको पहिलो सडक उद्घाटन

धरान । आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटको पहिलो सडक वडा अध्यक्ष नरेश इवारमको प्रमुख आतिथ्यमा उद्घाटन भएको छ ।

माघ ३० गते धरान १५ पाथिभरा लाईनको लुप क को सडक निर्माणकार्य सम्पन्न भइ उद्घाटन भएको छ । उद्घाटनका क्रममा प्रमुख अतिथि नरेश इवारमले यस आर्थिक वर्षको वडा नम्बर १५ को सम्पन्न भएको सडक मध्ये पहिलो भएको जानकारी दिए । सम्पन्न कामको प्रसंसा गर्दै वडाले एजिङ वालको शिर्षकमा वजेट विनियोजन गरिए पनि स्थानीय उपभोक्ताक्क शसक्तिकरणका कारण बाटो बनिएको बताए ।

पाँच वर्ष टिक्ने प्राविधिक टिकाउको मान्यता भए पनि उक्त सडक कम्तिमा ३० वर्षको टिकाउ हुने खालको बनेको दाबी गरे । कुनै पनि ठेक्का पट्टमा दिएको भए कम्तीमा पाँच लाख बराबर खर्च हुने भन्दै वडाले विनियोजन गरेको बजेटमा स्थानीयले थप सहभागिताले बाटो राम्रो सम्पन्न भएको बताए ।

पाथिभरा टोल विकास संस्थाका अध्यक्ष गोपाल राईले यस टिल विकासमा यस्ता धेरै बाटो बनाउन बाँकी रहेको भन्दै आगामी आर्थिक वर्षमा यस्ता बाटो बनाउन स्थानीय सरकारले बजेट उपलब्ध गराउनुपर्ने बताए ।

आर्थिक वर्ष २०८१/८२ मा धरान उपमहानगरपालिका वडा नम्बर १५ ले बाटोको लागि २ लाख रुपैया विनियोजन गरिएका थिए । लुपमा वडा समिति नजिकै रहेको करिब दुई सय /दुई सय मिटर रहेकोे दुईवटा कच्ची बाटो रहेका छन । दुबै बाटोको लागि एजिङ बाल ड्रेनको लागि भनिए पनि स्थानीय उपभोक्ताले एउटालाई पुर्णरुपमा सम्पन्न गर्ने भनिएपछी क लाई प्राथमिकतामा राखेर निर्माणकार्य अगाडि बढाएको थियो ।

जसका लागि भगिराज श्रेष्ठ अध्यक्ष निमा पोङ्स्युवा सचीव पशुपति याक्खा कोषाध्यक्ष र सदस्यहरु जसिना श्रेष्ठ,पवित्रा ताम्राकार,जय बिक,मदन चौधरी रहेको सात सदस्यीय निर्माण उपभोक्ता समिति गठन गरि माघ १ गतेदेखि निर्माणकार्य शुरु गरि २५ गते सम्पन्न भएको थियो ।
वडा समितिले २ लाख विनियोजन गरेपछि स्थानीय उपभोक्ताले एक लाख १३ हजार रुपैया सहित कुल ३ लाख १३ हजार रुपैयामा सिँढी सहितको सडक बनेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)