पाँच बुँदे माग गर्दै महेन्द्र बहुमुखी क्याम्पस धरानका चार विद्यार्थी संगठन आमरण अनशनमा

 

नवीन सेन्च्युरी
धरान । महेन्द्र बहुमुखी क्याम्पस धरानका चार विद्यार्थी संगठनले पाँच बुँदे माग गर्दै आमरण अनशनमा बसेको छ ।

संयुक्तरूपमा प्रेस बिज्ञप्ति जारी गर्दै चार विद्यार्थी संगठन आमरण अनशनमा बसेको छ । बिनीद आले मगर सभापति नेविसंघ महेन्द्र बहुमुखी,सविन श्रेष्ठ अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस,बिपिन लिम्बु अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस कमिटी, सविरसिं यक्सो लिम्बु समाजवादी वि‌द्यार्थी युनियन नेपालले संयुक्तरूपमा हस्ताक्षर गरेका छन ।

प्रेस विज्ञप्तिमा वि‌द्यार्थी संगठनहरुले विभिन्न कालखण्ड र समयमा वि‌द्यार्थीहरुको हक अधिकार लगायत सामाजिक न्याय सुशासन र आर्थिक पारदर्शिताको विषयमा आवाज बुलन्द गर्दै आएको कुरा उल्लेख छ। यसै सन्दर्भमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा स्वतन्त्र विद्यार्थी युनियनले मिति २०८९/०९/२३ र २५ गते साधारण सभामा पेश गरेको आर्थिक प्रतिवेदनको विभिन्न शिर्षकमा देखाइएको खर्चको रकम साधारण, पारदर्शी र विश्वासिलो नभएको कारण वि‌द्यार्थी संगठनहरुले मिति २०८१/०९/०२ खर्चको बिल र बैंक स्टेटमेन्ट देखाउन माग गर्दै स्ववियु र क्याम्पस प्रशासनलाई प्रेस विज्ञप्ति बुझाएको स्मरण गराएको छ ।

बिज्ञप्तिमा वि‌द्यार्थी संगठनहरुले मिति २०८१/१०/२७ गते स्ववियुको बैंक स्टेटमेन्ट हेर्दा स्ववियुले धेरै जसो कारोबारहरु व्यक्तिगत प्रयोजनका लागि प्रयोग भएको पाइएको दाबी छ । कारोबारको विषयमा विदयार्थी संगठनहरुले प्रश्न गर्दा जिम्मेवार व्यक्तिहरुबाट थाहा नभएको भन्दै गैरजिम्मेवारीपूर्ण जवाफ आएपश्चात स्ववियुले नितिगत भ्रष्टचार गरेकै हो भन्ने निष्कर्षमा वि‌द्यार्थी संगठनहरु पुगेको आरोप छ। यस्ता गतिविधिहरुको बिरुद्ध र आम वि‌द्यार्थीहरुका अन्य मागहरु सहित चार वि‌द्यार्थी संगठनका नेताहरु आजकै मितिबाट निम्न मागहरु पुरा नभएसम्मका लागि आमरण अनसन बसिरहने कुरा यसै प्रेस विज्ञप्ति मार्फत क्याम्पस प्रशासन र स्ववियुलाई जानकारी गराउदछौं उल्लेख छ।

              मागहरू :
१) स्ववियुले आर्थिक अनियमितता गरेको कारण तत्कालका लागि क्याम्पस प्रशासनले स्ववियुको खातामा रकम हस्तान्तरण गर्न नहुने।

२) आर्थिक पारदर्शी र जवाफदेही नबनि स्ववियुले कुनै पनि गतिविधि गर्न पाउने छैन्।

३) स्नातकोत्तर (Masters) तहका वि‌द्यार्थीहरुलाई निःशुल्क छात्रावृति प्रदान गर्न शुरु गर्नु पर्ने।

४) स्नातक तह अन्तर्गत शिक्षाशास्त्र संकाय (BEd) का वि‌द्यार्थीहरुलाई पनि BBS र BA सोसरह २०% छात्रावृतिको व्यवस्था गर्नुपर्ने।

५) यो स्ववियुले आफ्नो कार्यकालमा प्रत्येक विद्यार्थीबाट लिड्दै आएको स्ववियु शुल्कको रकम रु.१०० बाट वृद्धि गरी रु.५०० पुर्याएको थियो। अब उक्त शुल्क तत्काल घटाउनु पर्ने र यस आर्थिक वर्षमा वि‌द्यार्थीहरुबाट लिइएको अधिक रकम तत्काल सम्बन्धित विद्यार्थीहरुलाई नै फिर्ता गर्नु पर्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित