धरान । ताप्लेजुङको मुकुम्लुङमा चन्द्र ढकालले जबर्जस्ती केबुलकार बनाउन लागेको बिरोधमा ढकाल संचालक रहेको ग्लोबल आइएमइ बैकमा धर्ना दिइरहेका छ्न ।
माघ १२ गते मुकुम्लुङमा गोलि चलाउदा गम्भीर रुपमा तिनजना घाइते भएको सामान्य घाइतेको संख्या २८ जना बढि रहेको भन्दै २० राउन्ड भन्दा बढी गोलि चलाएको विरुद्ध आन्दोलन गर्दै आएको छ ।
पहिलो चरणको वार्ता २२ गते अन्तरिम रुपमा छ बुँदे सहमति गर्दै माघ २७ गते पुनः वार्ता गर्ने भनेर दुबै पक्षले केबुलकार निर्माण स्थगन र आमहडताल स्थगन गर्ने भएका थिए । तर माघ २७ गते वार्ता असफल भएपछि भने चरणबद्ध आन्दोलनको घोषणा गर्दै पहिलो दिन ग्लोबल आइएमइको कार्यालय अगाडि धर्ना दिइरहेका छन ।
धरानमा ग्लोबलको कार्यालय पुतली लाईनमा धर्ना दिइरहेका छन । आन्दोलनरत पक्षले आदिवासीको पैसा चन्द्र ढकालको बैकमा राखेर आदिवासीलाई नै दमन गरेको भन्दै बैकमा रहेको खाता बन्द गराउन र भएको पैसा निकालेर सवाब दिन आह्वान गरेको छ । आन्दोलनरत पक्षले धर्नाको क्रममा विभिन्न बहानामा पैसा भुक्तानी नगरेको आरोप लगाएको छ । उनिहरुले ग्लोबल बैक डुब्दैछ भनेर हल्ला फिजाउदै मिडियाले नै ग्लोबल बैक डुब्दैरहेको बारे लेखिएको दाबी गरे ।
ग्लोबल बैक डुब्दैछ सबैले भएको पैसा निकाल्न भनेर धर्नाको क्रममा माईकिङ नै गरेर सचेत गराउदै आएका छन । दोस्रो चरणको पहिलो दिनदेखि नौ दिनसम्म धर्नाको कार्यक्रम राखिएको बताए । साथै मुकुम्लुङमा आठौं दिन पदयात्रा सहित पुजा आरधनाको आयोजना पनि गर्ने तयारी रहेको कुरा जेन्टल लावतिले बताए ।
राज्य सरकारले नसुनेको खन्डमा आमहडताल सहितको आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ । आन्दोलनरत पक्षले चन्द्र ढकाललाई मुकुम्लुङबाट केबुलकार बनाउने अनुमति खारेजी नगरेसम्म आन्दोलन जारिरहने भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
Discussion about this post