वार्ता असफल भएपछि आमहडताल सहितको चरणबद्ध आन्दोलनको घोषणा

धरान । माघ १२ गतेको मुकुम्लुङमा केबुलकार निर्माण पक्ष लिई गोलि चलाएको निषयमा बन्द समेतको बिरोध कार्यक्रमपछिक्क वार्ता असफल भएपछि पुनः आमहडताल सहितको आन्दोलन घोषणा गरिएको छ ।

आन्दोलन बारे इटहरीमा पत्रकार सम्मेलन गर्दै मुकुम्लुङ ताङ्से: प चुम्भोका ११ वटा संस्थाहरु र अन्तरदलिय १० वटा राजनीतिक पार्टीहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै आन्दोलनक्क घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा चरणबद्ध आन्दोलन गर्दै आमहडतालको आन्दोलन समेतको घोषणा गरेको छ ।

संघर्षका कार्यक्रमहरू

१. मिति २०८१ माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमइ बैंक सहित आइएमइ समूह १ नं. प्रदेश लगायत देश विदेशमा बहिष्कार गर्ने ।

२. २०८१ फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ ।

३. केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका कार्यालय घेराउ ।

४. केबलकार निर्माण सामग्री ढुवानी नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्ने ।

५. काठमाडौं, इटहरी र विर्तामाडमा केबलकार विरोध सभा गर्ने ।

६. केबलकार खारेजीका लागि १ नं. प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत संघ सरकारलाई विरोधपत्र पठाउने, प्रदर्शन गर्ने र विदेशस्थित दुतावासबाट विरोधपत्र पठाउने ।

७. अनिश्चितकालीन यातायात वन्द र आमहडताल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित