बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न सात हजारलाई पढाउने

नवीन सेन्च्युरी
धरान । बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न एक महिना दुई प्रशिक्षण अभियान सञ्चालन गरेसंगै चैत महिनामा ७ हजार २ जनालाई पढाउने भएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले माघ २७ गते इटहरीमा सडक सुरक्षा सचेता जागरण अभियानको शुभारम्भ गर्दै प्रदेश १ भरि रहेका संघ संगठनका कमिटीहरुले प्रत्येक महिना अनिवार्य दुईवटा प्रशिक्षण सञ्चालन गर्ने कार्ययोजना बनाएको बताए । उक्त कार्यक्रम प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फूयाल, नेपाल प्रहरी प्रदेश १ प्रमुख डिआइजी राजन अधिकारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमन तिम्सिना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रदेश प्रमुख एसपी विनोद घिमिरे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेशका संयोजक सरोज श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमा अभियानमा संगठनहरु र सबै व्यवसायी महासंघको प्रदेश कमिटी र मातहत जिल्ला, पालिका र इकाई कमिटीहरुले प्रत्येक महिना दुइवटा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने योजना प्रस्तुत गरेका थिए ।

कार्ययोजना अनुसार एक महिनामा दुई प्रशिक्षण गरिने प्रस्ताव छ । जस अन्तर्गत संगठन र संघका प्रदेश, जिल्ला, पालिका र इकाई कमिटीहरु र महासंघ आवद्ध व्यवसायी प्रालिहरुले प्रत्येक १५ दिनमा यातायात मजदुर सहभागी गराएर प्रशिक्षण गर्ने उल्लेख छ । प्रशिक्षकका रुपमा ट्राफिक प्रहरीले विज्ञ परिचालन गर्ने र प्रत्येक कक्षामा २५ जनाको संख्यामा चालक, सहचालक, परिचालक र व्यवसायीलाई सहभागी गराईने प्रस्ताव छ ।

आगामी दिनमा सञ्चालन हुने प्रशिक्षण बढीमा एक घण्टाको हुने जनाएको छ । प्रशिक्षण श्रव्यदृश्य सामग्री मार्फत दिइने र सडक दुर्घटना सचेतना सम्बन्धी पर्चा, पम्प्लेट, स्टिकर र चित्रहरु मार्फत शिक्षा प्रदान गरिने योजना छ ।

यस अभियान चैत्रसम्म सञ्चालन गर्दा न्युनतम ७ सजार २ सय मजदुरहरुलाई सडक सुरक्षा सचेतना गराउन सकिने भीमज्वाला बताए । यस अभियानमा दुई वटै संगठनसंगै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रदेश १ र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश १ समेत संगसंगै रहने राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित