धरान एक्स्पोमा तीन हजार मोडलका जुत्ता १५ देखि ५० प्रतिशत छुट

नवीन सेन्च्युरी 
धरान । धरानमा शनिवारदेखि सञ्चालन हुने बिजिनेश एक्स्पोमा ३ हजार प्रकारका जुत्ताहरु उपभोक्ताका लागि राखिने भएको छ । नेपालमै प्रख्याती कमाएका पाँच ब्राण्डका जुक्ताहरु राखिने कुरा आयोजकले जनाएको छ ।

धरान रंगशालामा शनिबार प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीबाट शुभारम्भ हुने एक्स्पोमा न्युनतम ३ सयदेखि धिकतम ५ हजारसम्म मूल्यका जुक्ताहरु राखिने फुटवेयर म्यानुफ्याक्चर एशोसिएशन अफ नेपालका उपाध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

एक्स्पोमा विक्रि गरिने जुत्ताहरुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको श्रेष्ठले जानकारी दिए । उनले भने हामी नाफा कमाउने भन्दापनि उपभोक्ताहरुसंग सम्बन्ध स्थापित गर्न धरानको एक्स्पोमा आएकाले सकेसम्म उपभोक्ताहरुको सन्तुष्टिलाई ध्यान दिन्छौं श्रेष्ठले भने ।

एक्स्पोमा विएफ डियर हिल, विएफ स्पोर्टस, स्मार्ट सुज, फस्टवाक सुज, सुजल्याण्ड र रन सुज ब्राण्डका जुत्ताहरु रहने फुटवेयर एशोसिएशनका निवर्तमान अध्यक्ष नानीराज घिमिरेले बताए । घिमिरेले भने एक्स्पोमा रहेका २५ स्टल बराबरका अलग्गै स्थान तयार गरेर डिस्प्लेमा जुत्ताका ब्राण्डहरु प्रस्तुत गरि उपभोक्ताहरुलाई सहज विक्रि गरिने बताए । अधिकांश कम्पनीहरु पुराना र स्थापित भएकाले प्रदेश १ का जनतामा कुनै गुनासो आउननदिने गरी सेवा दिन्छौं घिमिरेले बताए ।

एक्स्पोमा विक्रिका लागि ल्याएएका जुत्ताहरु स्कुलका बालबालिकाहरु, क्याजुअल, पार्टी सुज, स्पोर्टका बच्चादेखि वृद्धबृद्धासम्मका लागि ३ हजार प्रकारका जुत्ताहरु राखिने फुटवयर एशोसिएशनका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । वहाँले भन्नुभयो हामीले विक्रि गरेका उत्पादनहरुमा ५ महिनाको वारेन्टि, विक्रिपछि सेवाहरु दिन्छौँ । जुत्ताको सोल भाचिए अर्को सुल लगाइदिन्छौं उपाध्यायले भने ।

वहाँले भन्नुभयो धरानलाई प्राथमिकता दिँदै सबै ब्राण्डका सञ्चालकहरु धरानमै छौँ हामी एक्स्पो मात्रै होइन त्यसपछिपनि धरान र प्रदेश १ हाम्रो उत्पादनसंग जोडिरहन चाहान्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित