धरान । सुरक्षीत ईन्टरनेट दिवसको अवसरमा धरानमा बालबालिकालाई अनलाइन बाल यौन दुव्र्यवहार हुनबाट बचाओ भन्दै सडक नाटक प्रस्तुत गरेको छ ।
भोइस अफ चिल्ड्रेन धरान रेडियो स्रोता क्लबको आयोजनामा लोकतान्त्रिक चौतारीमा नाटक प्रदर्शन गरिएको थियो । आयोजकले सुरक्षीत ईन्टरनेट दिवस विश्वका १७ वटा देशहरुमा मनाउने गरिएको जानकारी दिए । सुरक्षीत ईन्टरनेट दिवस नेपालमा सन २०२२ देखि मनाउन शुरु भएको जानकारी दिए ।
सडक नाटकमा फेक आइडी बनाएर बालबालिकालाई दुव्र्यवहार गरेको र यसरी भएको कसुरमा प्रहरीले पक्राउ गरिने दृश्य प्रस्तुत गरेका थिए ।
Discussion about this post