डा. महावीर पुन पुस्तक बिक्री गर्ने क्रममा धरान आईपुगे(भिडियो सहित )

धरान । राष्ट्रिय आविष्कार केन्द्रका अगुवा डा. महावीर पुन आफ्नो पुस्तक बेच्ने क्रममा धरान बिहिवार बेलुकी धरान आईपुगेसंगै शुक्रबार दिनभर पुस्तक बिक्रिमा लागेका छन ।

शुक्रबार धनकुटे रोड स्थित ग्रीन टिमा बिहान ७ बजे मेयर हर्क साम्पाङलाई पुस्तक हस्तान्तरण गरि बिक्रि बितरण शुरुआत गरिएका थिए । करिब एक वर्ष अघि नै धरान आउने योजनासंगै बिक्रीवितरण गरिएको थियो । तर अन्य स्थानमा महाबिर पुन ब्यस्त भएपछि निर्धारित मितिमा आउन सकेका थिएन ।

शुक्रवार बिहान ग्रीन टीमा बिहान बिक्रीवितरण शुरु गर्दै कारमेल स्कुल,सुनाखरी स्कुल,बिजयपुर स्कुल,दिउसो बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान परिसरपछि साँझ हरियाली १ नम्बर गेट काङ्सोरे चोकमा बिक्रीवितरण गरिएका थिए ।

शनिवार श्रमदानसंगै पुस्तक बिक्रीवितरण हुने भन्दै हुनेले श्रमदातालाई ७५० रुपैया लिएर किताब किनेर सहयोग गर्न आग्रह गरिएको छ ।

यस अघि बराहक्षेत्र नगरपालिकाका विभिन्न स्थानमा बिक्रीवितरण गरेपछि धरान आईपुगेका थिए ।
महावीर पुनले आफ्ना पुस्तक बिक्रि गरिएको पैसाले बिरगंजमा रहेको कृषी औजार कारखानालाई आवस्यक मर्मत गरि संचालनका लागि भन्दै पुस्तक छपाएर बिक्रि गर्दै आएका छन । हाल पुस्तक बिक्रि भएको रकमले बिरगंज कृषि औजार कारखाना संचालनमा आएको कुरा महाबिर पुनले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित