मुकुमलुङ आन्दोलनरत पक्ष र सरकारी वार्ता ६ बुदे सहमति

निमा पोङ्स्युवा
धरान । ताप्लेजुङको मुकुम्लुङमा माघ १२ गते प्रहरीले गोलि चलाएपछि माघ १५ गतेदेखि यातायात बन्द गरेपछि सरकार पक्षले वार्तामा बोलाएका थिए ।

२० गतेदेखि नौ जिल्ला समेत बन्द गरेपछि सरकारले गृहमन्त्रालयको सहसचिवको संंयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । आन्दोलनरत पक्षबाट पनि चार सदस्यीय वार्ता सहजीकरण समिति गठन भएपछि हिजोदेखी वार्ता भएका थिए । हिजो बसेको वार्ता बिना निष्कर्ष रहेपनी आज बसेको वार्ताले छ बुदे सहमति गरेको छ ।
वार्ताका सहमति पत्र :
ताप्लेजुङ जिल्ला स्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण भइरहेको विषयमा मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान सङ्घ, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहसहितको मुक्कुम्लुङ ताइसेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिबाट असहमति रहेको र द्वन्द्व समेत भइरहेको अवस्था विद्यमान रहेको विषयमा नेपाल सरकार, गृह मन्त्रालयबाट गठित वार्ताटोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समिति बीच तपसिल बमोजिमका बुँदाहरुमा सहमति भयो ।

तपसिल

१. पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा मिति २०८१ माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने ।

२. सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने ।

३. २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने ।

४. आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने ।

५. मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने ।

६. मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न मिति २०८१ माघ २७ गते बिहान ११:०० बजे वार्तामा बस्ने ।

सरस्वता सिंगक (सरु)

वार्ता सहजीकरण समितिको तर्फबाट

प्रेम प्रसाद भट्टराई

सहसचिव

वार्ता टोलीका संयोजक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित