धनराज राई
बराहक्षेत्र । दुधकोशी चुहार देखि हसन्पुर फलाम ढुंगा हुँदै घोरेटारसम्मको सडक कालोपत्रे गर्न किरात संस्कार मुन्धुम अनुसार नाकछोङ कर्ण बहादुर राईले पुजापाठ गरि सिल्यान्यास भएको छ।
माघ २१ गते कालोपत्रे शिलान्यास कार्यक्रम गर्दै हतुवागडी गापा अध्यक्ष प्रेम कुमार राई लगायतका जन प्रतिनिधिहरु, निर्माण कम्पनीका अर्जुन दाहाल तथा स्थानियवासीको उपस्थिती रहेको थियो। कालोपत्रे योजना ग्रामिण सरसफाई सुधार आयोजना कार्यन्वयन इकाई बिराटनगरले संचालन गर्नेछ ।करिब २२.७ किलो मिटर सडक स्तर उन्नोती गर्नु पर्ने र यस्को ठेक्का MC.SELPL.ANS J.V. KOTESHWOR ले लिएको कुरा अध्यक्ष प्रेम राईले जानकारी दिए ।
उक्त परियोजनाको लागत कर सहित रु-७२ करोड ९८ लाख १६ हजार रहेको जानकारी दिए । ठेक्का सम्झौता -सडक कालो पत्रे सक्नु पर्ने अन्तिम मिती २०८३ मंसिर २८ गते सम्म रहेको छ। सडक कालोपत्रे पछि तराईका जिल्लाहरु सुन्सरी,मोरोङ्ग,झापा,उदयपुर लगायतसंग जोड्न सहज हुनेछ। हाल बराहक्षेत्र न पा -१ चतराघाट नयाँपुल हुँदै उदयपुर बेलका न पा को मैना मैनीसंग जोडीएको चुहार पुल हुँदै उक्त सडक को प्रबेश मार्ग नै यो सडक हो।
Discussion about this post