सामुहिक गिरफ्तारी लिन डिएसपीले मानेन,बन्द निरन्तर

धरान । धरानमा सामुहिक गिरफ्तारी दिन गएका १५८ जनालाई गिरफ्तारी लिन नमानेको र केन्द्रको वार्ता नमिले भन्दै बन्द २२ गते पनि निरन्तरता रहेको जानकारी प्राप्त भएको छ ।

धरानमा २० बन्द गराउन हिडेको छ जना पक्राउ भएका धरान १९ का सुमन चेम्जोङ,शरान १५ का दिवस राई,धरान १२ का सरिल घले, १० वडाका किशन राई,धरान १५ का योगेश तामाङ, १५ कै सन्दिप लिम्बुलाई रिहाई माग गर्दै इलाका प्रहरी कार्यालय धरान गएका थिए ।

१५८ जनाले नाम दर्ता सहित गिरफ्तारीको लागि उपस्थिति भए पनि कानुन सम्मत नभएको भन्दै स्वीकार नगरेको कुरा ताजुब लिम्बुले जानकारी दिए । छ जनालाई गिरफ्तारी गर्नुमा सबैको हातमा लाठी डन्ठा भएकोले गिरफ्तार गरिको डिएसपीले जानकारी दिएको बताए । अहिले गिरफ्तारी दिनेहरु ईलाका प्रहरी कार्यालयमा नै रहेका छन ।

भर्खरै प्राप्त जानकारी अनुसार केन्द्रमा सरकारी वार्ता टोलि र आन्दोलनरत पक्ष बिच भएको वार्ता असफल भएकोले २२ गतेको बन्द निरन्तर हुने कुरा खगेन्द्र माखिमले जानकारी दिए । धरान सहित नौ जिल्लाको बन्द २२ गते पनि बन्द जरि रहने कुरा जेन्टल लावतिले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित