धरानमा ६ जनाको रिहाई नगरेपछि सामुहिक गिरफ्तारी,अहिलेसम्म समयमा १४२ जनाले दिदै,डेढ घन्टापछि आए डिएसपी

धरान । मुकुम्लुङमा चन्द्र ढकाललाई केबुलकार बनाउन दिने अनुमतिपत्रसम्म खारेजीको माग गर्दै आएका आन्दोलन पक्षका धरानमा ६ जनालाई रिहाई माग गर्दै सामुहिक गिरफ्तारी दिइरहेका छन ।

माघ २० गते बन्दको क्रममा धरानबाट पक्राउ भएका धरान १९ का सुमन चेम्जोङ,शरान १५ का दिवस राई,धरान १२ का सरिल घले, १० वडाका किशन राई,धरान १५ का योगेश तामाङ, १५ कै सन्दिप लिम्बु रिहाई नगरेपछी सामुहिक गिरफ्तारी दिएको हो ।

पाँच जना भनिए पनि आधिकारिक रुपमा छ जनाको नामावली जेन्टल लावतिबाट उपलब्ध भएको हो । छ जनालाई २१ गते दिउँसो रिहाई गर्ने भनिए बेलुकाको कोणसभा गर्दासम्म रिहाई नगरेको भन्दै सामुहिक गिरफ्तारी दिएको कुरा धरानका संयोजक मोहनकुमार हुक्पा चोङ्बाङले जानकारी दिए ।

अहिले इलाका प्रहरी कार्यालय धरानमा सामुहिक गिरफ्तारी दिन उपस्थिति भएको र नाम लेखाउनेको संख्या १४२ जना पुगेको छ ।

सामुहिक रुपमा नाम ठेगाना टिपाएर गिरफ्तारी दिने तयारीका साथ उपस्थिति भैसक्दा पनि डिएसपी प्रकाश जबेगु करिब डेढ घन्टापछि मात्र आईपुगेका थिए
सामुहिक गिरफ्तारी दिन नाम लेखाउदै उपस्थिति हुनेको संख्या बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित