वार्ता गर्न आन्दोलनरत पक्षबाट वार्ता सहजीकरण समिति गठन,सरकारी वार्ता टोलिसंग बैठक बस्दै

धरान । हिजो माघ २० गते नेपाल सरकारले मुकुम्लुङ बचाओ संघर्ष समितिसंग वार्ता गर्न समिति गठन गरेसंगै आज आन्दोलनरत पक्षबाट पनि वार्ता सहजीकरण समिति गठन भएको छ ।

आन्दोलनर पक्षका नौ घटकको संयुक्त हस्ताक्षरित बिज्ञप्ति जारी गर्दै वार्ता सहजीकरण समिति गठन भएको जानकारी प्राप्त भएको छ । प्राप्त बिज्ञप्तिमा
मुक्कुमलुङ संरक्षक संस्थाहरू र संलग्न राजनीतिक पार्टीहरूको तर्फबाट मुक्कुमलुङमा भइरहेको आन्दोलन, संघर्षहरूको स्थायी समाधान गर्न र वार्ताका लागि न्यूनतम वातावरण बनाउन प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य रहेको वार्ता सहजीकरण समिति गठन गरिएको सबैमा यसै विज्ञप्तीमार्फत जानकारी गराउँदछौं उल्लेख छ।

संयुक्त पहिचानवादी मोर्चाका खगेन्द्र माखिमले यो समितिले वार्ता गर्नका लागि सहजीकरण मात्र गर्ने बताए । सहसचिव स्तरीय वार्ता समिसंग अहिले दुबै पक्ष बस्ने तयारी भएको जानकारी दिदै त्यो दुई समुहले मन्त्री स्तरियसंगै राजनितिक दलिय संयन्त्र सहितको अर्को समितिको वातावरण बनेपछि मात्र वास्तविक वार्ता हुने कुरा माखिमले जानकारी दिए ।

आन्दोलनरत पक्षले दुई दिन बन्दसंगै अनिश्चितकालका लागि बन्द गराउने पुर्व घोषणालाई राज्यको ध्यानाकर्षण भने भएको माखिमले बताए । २१ गतेपछी आमहडताल गर्ने भनिएकोमा राज्यबाट वार्ताको लागि बोलाए पनि सहसचिव स्तरको समितिमा अवको सहजीकरण समितिले थप छलफल पछि वार्ताको वातावरण बन्ने आशा गरे । तर अब आन्दोलनको स्वरुप परिवर्तन गर्नेमा पनि बैठक बसेर साँझ छ बजेपछि जानकारी हुने कुरा माखिमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित