सुरक्षा घेरामा केबुलकार बनाउदै वार्ताको आह्वान गर्दै(बन्दको भिडियो सहित )

धरान । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार बनाउने अनुमतिपत्र खारेजीको माग गर्दै प्रदेश १ बन्दको आह्वान गरेका आन्दोलनकारिले सुरक्षाक्क घेरामा स्काभेटर चलाउदै वार्ताको आह्वान गरेको आरोप लगाएको छ ।

प्रदेश १ बन्दको दोस्रो दिन धरान बन्द गराउदै आएका जनमुक्ति पार्टीको नेता विष्णु थाम्देनले सरकारी सुरक्षाको आडमा मुकुम्लुङमा स्काभेटर चलाईरहेको जानकारी दिए । आन्दोलन भरहेको बेला हेपिएर हो वा के हो सुरक्षा घेराउमा रहेको मुकुम्लुङमा स्काभेटर चलाईरहेको मुकुम्लुङबाट जानकारी आएको बताए । तर यता राज्यपक्षबाट वार्ताको आह्वान गरेको बताए । तर त्यो पत्रमा निर्माणकार्य बन्द गर्ने उल्लेख नभएकोले वार्तामा नबस्ने जिकिर गरे । थाम्देनले वार्ता गर्न आवस्यक नरहेको भन्दै काम रोकिएको भन्नासाथ सबै आन्दोलन बन्द फिर्ता हुने बताए ।

तर वार्ताको कुरा एकातिर उता काम सुरक्षा घेरामा गरिरहेको दाबी गरे । १५ गतेदेखि १९ गतेसम्म ताप्लेजुङमात्र बन्द भएको भन्दै अब प्रदेश १ लिम्बुवान बन्द भएको बताए । निरन्तर काम नरोकिए २२ गतेदेखि अनिश्चितकालीन बन्द हुने दाबी गरे ।

माघ २० गते नेपाल सरकार गृहमन्त्रलयले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ। गठित वार्ता टोलीले २० गतेदेखि नै कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षहरूलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्याको समाधान गर्न अनुरोध गरिएको छ ।

ताप्लेजुङका सांसद योगेश भट्टराईले त्यहाँ केबुलकार बनाउने दाबी गरेको छ । मुकुम्लुङको टुप्पोपोमा कुनै होटेल रेस्टुरेन्ट नबन्ने भन्दै केबुलकार बन्ने दाबी गरे ।
आन्दोलनरत पक्षले सात बुँदे माग गर्दै मुख्य कुरा चन्द्र ढकाललाई केबुलकार निर्माण अनुमति पत्र समेत खारेज हुनुपर्ने माग सहित बन्दको आयोजना गरिएको हो । त्यस क्षेत्रमा यस अघि सुरक्षा घेराबाट स्थानीयमाथी खुकुरी प्रहार गरेको थियो । त्यस अघि राष्ट्रिय लालिगुराँस फुलका हजारौं रुख फडानी गरिसकेको छ । माघ १२ गते स्थानीयले अवरोध गर्न खोजेको भन्दै २० राउन्ड भन्दा बढी गोलि चलाउदा तीनजनाको गम्भीर घाइते भै काठमाडौमा उपचार भैरहेको छ ।

बन्दको दोस्रो दिन धरानबाट कुनैपनी लामा दुरिका सवारी चलेका छैनन् । धरानबाट छुट्ने उत्तरतर्फ ताप्लेजुङ,संखुवासभा,तेह्रथुम,भोजपुर जाने सबै यातायातका सवारी चलेका छैनन् । त्यसैगरी धरानबाट छुट्ने बिराटनगर,काठमाडौ,काकडभिट्टासम्मको कुनै पनि सवारी चलेको छैनन ।

यातायात बन्दको विकल्प खोज्न भनेर आन्दोलनरत पक्ष लाई आह्वान गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित