धरान । दोस्रो कोखा खोलाको पानी धरानमा ल्याउने श्रमदातालाई धरान १५ हाल हङकङ बस्दै आएका रिषिध्वज राईले ४५ हजार पर्ने राँगाको मासु खुवाएका छन ।
श्रमदानमा मासुभात खाएको आलोचना भैरहेको बेला हंकङ बस्दै आएका रिषिध्वज राईले पाईप तान्ने श्रमदातालाई राँगाको मासु खुवाएको कुरा अभियन्ता शिव नानाले जानकारी दिए । हरेक शनिवार र मंगलबार पाईप तान्ने श्रमदान दोस्रो प्रोजेक्टमा भरहेको छ ।
माघ १९ गतेको श्रमदानमा पनि व्यापक रुपमा श्रमदाताको उपस्थीती थियो । शनिबार बराहक्षेत्र नगरपालिकाकोको चतरा नजिक झन्डी चोकको उत्तरतर्फ पाईप तानिएको हो । दैनिक जसो आर्थिक सहयोग जिन्सी तथा खाद्य सामग्री सहयोग गर्ने क्रम निरन्तर भैरहेको छ । बिहान ७ बजे नै ग्रीन टि स्थित भेला भै बसमा श्रमदाता लाने र आर्थिक सहयोग हस्तान्तरण भैरहने गरिन्छ ।
धरानको खानेपानी समस्या समाधान गर्नको लागि धराने मात्र नभै धरान घर भएका र धरान बाहिर रहेका जिल्लावासी अनि वैदेशिक रोजगारमा रहेका दाताले आर्थिक सहयोग गरिरहेका छन । यहि क्रममा हाल युके रहेका धरान १५ का सुनिल खालिङको तर्फबाट १० हजार रुपैया कोखा खोलाको पानीको लागि हस्तान्तरण गरिएको छ । त्यसैगरी चिसेफायु मिडियाबाट रिनेन लामाको तर्फबाट तिन वटा पाईपको लागि २० हजार हस्तान्तरण भएको छ ।
Discussion about this post