नौ जिल्लाका ग्लोबल बैक बन्द गर्न आन्दोलनकारीको अल्टिमेटम

झापा । ताप्लेजुङको आस्थाका धरोहरमा राज्यसत्ता नै हातमा लिएर गोलि वर्षाई जबर्जस्ती केबुलकार बनाउने दुस्साहस गरेका ग्लोबल आइएमइ बैकका संचालक चन्द्र ढकाललाई बैक बन्द गर्न अल्टिमेटम दिएको छ ।

मुक्कुमलुङ ताःङसेप चुम्भोका संस्थाहरू श्री प्रसाद लिम्बू, संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति, संयोजक, प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति, नन्द कन्दडवा, संयोजक, लिम्बू चरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह, डकेन्द्रसिंह घेगिम, अध्यक्ष, किरात धर्म तथा साहित्य उत्थान सङ्घ, गेल्जे शेर्पा, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासङ्घले संयुक्त रुपमा हस्ताक्षर गर्दै नौ जिल्लामा रहेका ग्लोबल आइएमइ बैक बन्द गर्न अल्टिमेटम सहितको चेतावनी दिएको छ ।

मुक्कुमलुङमा चरम मानव अधिकार हनन नरोकिन्जेल शाखा कार्यालय बन्द गर्न भन्दै ताप्लेजुङ, तापेथोक, पाँचथर, इलाम, चारआली, विर्तामोड, इटहरी, धरान, धनकुटा, तेह्रथुम, संखुवासभाका सबै बैक बन्द गर्न भनिएको छ ।

बैकलाई लेखिएको पत्रमा ग्लोबल आइएमइ बैंकका अध्यक्ष तथा पाथिभरा दर्शन केबलकार प्रा.लि.का सञ्चालक चन्द्र ढकालले व्यापारिक नाफाको लागि देशको सांस्कृतिक धरोहर, सम्पदालाई संरक्षणको विरोध, ध्यानाकर्षणको वावजुद मुन्धुमी आस्था स्थल मुक्कुमलुङमा सैन्यकरण गरेर जबरजस्ती केबलकार निर्माण गर्न खोज्दा निहत्था मुक्कुमलुङ संरक्षण अभियन्ताहरूमाथि गोली हानिएको, काटिएको, कुटिएको, थुनिएको, मानवअधिकारको चरम उल्लंघन भएको र ताप्लेजुङमा मात्र नभएर देश विदेशमा समेत अशान्त वातावरण सिर्जना गरेको, भातृत्व, सद्भाव खलबलाएको हुँदा निज ढकालले मुक्कुमलुङमा केवलकार निर्माण कार्य तुरुन्त बन्द गरी निर्माण सामाग्रीहरू फिर्ता लैजानुपर्ने उल्लेख छ । पत्रमा `निजकै पहलमा सैन्यकरण भएकाले सैन्यकरण फिर्ता गर्न जिम्मा लिनुपर्ने, झुट्टा मुद्दामा थुनिएका मुक्कुमलुङ अभियन्ताहरू प्रदीप मादेन, चन्द्र सागर लिम्बू र लक्ष्मण लिम्बूलाई रिहाइको लागि जिम्मा लिनुपर्ने, गोली लागेर जीवन वर्वाद भएकोमा आजिवन जीवन निर्वाह क्षतिपूर्ति दिने जिम्मेवारी ढकालले लिनुपर्दछ भनिएको छ ।

`उपरोक्त विषयहरूमा समस्या सिर्जना गर्नेले जिम्मा लिएर समाधान गर्न मिति २०८१।१०।१९ गतेभित्र पूरा गर्न अल्टीमेटम दिन्छौ । अन्यथा मिति २०८१।१०।२० गतेदेखि केबलकार सञ्चालन गर्ने व्यापारको नाममा मुक्कुमलुङमा चरम मानवअधिकार हनन नरोकिन्जेलसम्म मानवअधिकार हननकर्ता चन्द्र ढकाल संलग्न रहेको बैंकको शाखा कार्यालय बन्द गर्न यो पत्राचार गरेका छौ ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित