झापा । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार बनाउन माघ १२ गते गोलि चलाएको बिरोधमा ताप्लेजुङ बन्द गरेपछि २० र २१ गते अरुण पुर्व नौ जिल्ला बन्दको आह्वान गरेको छ ।
मुकुम्लुङ अन्तरदलिय राजनीतिक पार्टीले प्रेस बिज्ञप्ति जारी गर्दै १५ गतेदेखि जारी रहेको ताप्लेजुङ बन्द १९ गतेसम्म यथावत राख्दै २० र २१ गते नौ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा)बन्दको आह्वान गरेको छ ।
बिज्ञप्तिमा राजेन्द्र महतो,अध्यक्ष, राष्ट्रिय मुक्ति पार्टी, कुमार लिङ्देन “मिराक”, अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, प्रा.डा. महेन्द्र लावती, संयोजक, पहिचानवादी मोर्चा, सञ्जय राई, मुख्य सचिव, जसपा नेपाल, लिम्बूवान राष्ट्रिय समिति, रमेश राई, अध्यक्ष, जसपा सम्वद्ध किरात राष्ट्रिय समिति, धन बहादुर पन्धाक, अध्यक्ष, प्रदेश नं १, नागरिक उन्मुक्ति पार्टी,भक्त खेवाङ, उपाध्यक्ष, नेपाल जनमुक्ती पार्टी, नयन्द्र चाम्लिङ, अध्यक्ष, प्रदेश नं. १, मंगोल नेसनल अर्गनाइजेसन-डिजिजि, गजेन्द्र पालुङवा, अध्यक्ष, किरात लिम्बूवान प्रदेश समितिले संयुक्त हस्ताक्षर गरेका छन ।
यस अघि संघर्ष समितिले ७ बुँदे माग गर्दै बन्द आह्वान गरेको हो । जसमा केबुलकार निर्माण अनुमति नै खारेजीको माग गरेका छन । कुनैपनी हालतमा केबुलकार बन्न नदिने अडान सहितको बन्द आह्वान गरेको थियो ।
थप दुई दिने बन्दले सम्बोधन नगरे २०८१ माघ २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहड्ताल घोषणा गरिने उल्लेख बिज्ञप्तिमा छ ।
Discussion about this post