धनकुटा । मुकुम्लुङबाट चन्द्रद्र ढकालको कम्पनीलाई केबुलकार बनाउने इजाजत खारेज गराउनेसम्मको अन्तिम माग सहितको आमहडतालले ताप्लेजुङ जाने तम्मोर करिडोर ठप्प भएको छ ।
माघ १२ गते प्रहरीले संघर्षरत मुकुम्लुङ बचाओ आन्दोलनकर्मी खाना खाने स्थानमा आएर २० राउन्ड बढि गोलि चलाउदा २६ जना भन्दा बढी घाइते भएपछि माघ १५ गतेदेखि अनिश्चितकालीन आमहडतालको घोषणा गरेका थिए । गोलि चलाउदा याम लिम्बू,धर्म पालुङ्बा र सगुन लावती गम्भीर घाइते भएका थिए । घाइते तीनजनालाई बिराटनगर स्थित नोबेल अस्पताल हुँदै सेनाको हवाइजहाजबाट थप उपचारको लागि काठमाडौ लगिएको थियो ।
त्यसपछि संघर्षरत सरोकार पक्षले केबुलकार निर्माण अनुमतिपत्र नै खारेजीको माग गर्दै आमहडतालको घोषणा गरिको छ । आमहडतालबाट बिराटनगर,इटहरी,धरानबाट ताप्लेजुङ जाने सबै यातायात ठप्प भएको छ । धनकुटाको तम्मोर करिडोर हुँदै ताप्लेजुङ जाने नाका र मेची राजमार्ग हुँदै ताप्लेजुङ छिर्ने सबै यातायात ठप्प रहेको कुरा जेन्टल लावतिले जानकारी दिए ।
१३ गते आमहडतालको घोषणासंगै धरानमा रहेका सबै यातायात काउण्टरलाई यातायात बन्द बारे अगृम जानकारी दिएका थिए । तम्मोर करिडोरको खैरेनी मुलघाटमा बन्द कर्ताको यतिबेला बाक्लो उपस्तिथि रहेका छन । जहाँ ताप्लेजुङबाट अहिलेसम्म कुनै सवारी साधन आएका छैनन । त्यसैगरी बिराटनगर,इटहरी,धरानबाट पनि कुनै पनि यातायातका सवारी चलेको छैन ।
आम हडताल सहित ७ बुँदे माग सहित आन्दोलनमा उत्रेका छ्न ।
१. मिति २०८१ माघ १५ गते देखि अनिश्चितकालीन यातायात बन्द मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्द घोषणा गरिएको छ ।
२. मानव अधिकार हनन गरी मुक्कुमलुङमा केबलकार बनाउने, नितिगत भ्रष्टाचार गर्दै अकुत सम्पती कमाएका माफिया दलाल चन्द्र ढकालको ग्लोबल IME बैंकमा रहेको खाता बन्द गर्न सबैलाई आव्हान गर्दछौं । सम्भव हुने ग्लोबल IME बैंकका सबै शाखाहरूमा मिति २०८१ माघ १४ गते १:०० बजे शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने । ढकालको ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला लगायतका ग्लोबल IME बैंक बन्द गर्नु पर्ने ।
३. ब्यापक असहमतिका वाबजुद मुन्धुमीस्थलमा केबलकार बनाउन खोज्ने माफिया दलाल चन्द्र ढकाल र कारिन्दा रुद्र पौडेललाई ताप्लेजुङ जिल्ला निषेध गर्ने ।
४. बशगद्दार मेयर अमीर मादेनलाई ताप्लेजुङ जिल्ला बाहिर निषेध गर्ने ।
५. पाथीभरा क्षेत्र विकास समिति खारेज गर्नुपर्ने ।
६. दलाल चन्द्र ढकालको कारिन्दाको रूपमा मात्रै काम गरिरहेका ताप्लेजुङका असक्षम सिडिओ र सशस्त्र प्रहरीका डिएसपीले सार्वजनिक रूपमा माफी माग्नु पर्ने र निजहरूलाइ कडा कार्वाही गर्नुपर्ने ।
७ राज्य आतंक, प्रहरी दमन र ज्यादती, केबलकार निर्माण खारेजी लगायतका बिसयमा कोण सभा, धर्ना कार्यक्रम गर्ने ।
Discussion about this post