बिराटनगर । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले मुकुमलुङको घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान काठमाडौले बिज्ञप्ति जारि गर्दै ध्यानाकर्षण भएको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेल महासचिब घमान तामाङद्वारा संयुक्त हस्ताक्षररित बिज्ञप्तिमा घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिज्ञप्तिमा -“ताप्लेजुङ जिल्ला स्थित पाथीभरा क्षेत्रमा केवलकार निमर्ण गर्ने विषयमा स्थानीय नागरिकहरु विच प्रारम्भ देखि नै मतमतान्तर हुदै आएको छ । यसै सन्दर्भमा २०८१ माघ १२ गते केवलकार निर्माणको विरोधमा उत्रिएका नागरिकहरु उपर सुरक्षाकर्मीहरुले व्यापक अश्रुग्यास प्रहार गर्नुका साथै गोली समेत चलाएको कारण दर्जनौ प्रदर्शनकारीहरु घाईते भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएकोछ । यस प्रकारका घटनाको प्रतिष्ठान निन्दा र भ्रत्सना गर्दछ । यस घटनामा घाईते हुनुभएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
यस विषयमा तत्काल आन्दोलनरत पक्ष संग सम्वाद गरि समस्याको समाधान खोज्न प्रतिष्ठान नेपाल सरकार समक्ष माग गर्दछ। साथै संयमता अपनाउन आन्दोलनरत पक्ष समक्ष राष्ट्रिय मानव अधिकार प्रतिष्ठान अपिल गर्दछ,उल्लेख छ ।”
Discussion about this post