बिराटनगर । ताप्लेजुङको मुकुम्लुङमा केबुलकार बनाउन हुन्न भन्ने स्थानीयमाथी प्रहरीले गोलि हानिएका घाइते मध्ये ३ जनाको नोबेल अस्पतालमा उपचार भैरहेको छ ।
घाइते मध्ये याम लिम्बू,धर्म पालुङ्बा र सगुन लावति रहेका छन । तीनजनामा धर्मलाई राईफलको कुन्दाले काँध प्रहार गरिएको घाइतेले बताए । त्यसैगरी याम लिम्बुको बायाँ तिघ्रामा गोलि लागेको छ । सगुन लावतिको छातिमा गोलि लागेको र उनको अवस्था गम्भीर रहेकोले अहिले आइसियुमा उपचार भैरहेको छ ।
तिनैजनाको थप उपचारका लागि भन्दै काठमाडौमा लाने संपुर्ण तयारी भएको छ । अस्पतालमा मानव अधिकारकर्मीले भेट गरेको छ । त्यसैगरि घाइते भेट्न थप उपचारको लागि बुझ्न धरानबाट संघर्ष समितिमा समेत रहेका मोहन हुक्पाचोङ्बाङ,जेन्टल लावती,सिवाहाङ राई,सुमन चेम्जोङ लगायतका टोलि बिराटनगर पुगेका थिए ।
थप उपचार भनिए पनि नोबेलमा असुरक्षित हुने आन्दोलनरत पक्षले आक्रमण गर्नसक्ने चलाखिको कारण काठमाडौ लगेको हुनसक्ने कुरा जनमुक्ति नेपालका अध्यक्ष केपि पालुङ्बाले आशंका गरे ।
Discussion about this post