दोस्रो कोखा खोला व्यापक श्रमदान,२५ किलोमिटर पाईप तान्यो,३० प्रतिशत पानी परिक्षण (श्रमदानको भिडियो फोटो)

 

धरान । धरानमा अभाव भएका खानेपानीको समाधान गर्न कोखा खोला दोस्रो प्रोजेक्ट निरन्तर भैरहेको छ । शनिवार र मंगलबार गरि हप्ताको दुईपटक पाइप तानिरहेको छ । शनिबार पनि अधिक संख्यामा श्रमदाताहरुले व्यापक रुपमा पाईप ताने ।

शनिबारसम्म बराहक्षेत्र नगरपालिकाक्क फुलबारी भन्ने स्थानबाट पार भएको छ । यो हिसाबमा ४५ किलोमीटरको ठिक आधा भएको कुरा संयोजक दिनेश बान्तवाले जानकारी दिए । उनले हालसम्म खानेपानी ब्याबस्थापन बोर्ड धरानको र विषेशगरि स्वतस्फूर्त रुपमा सहयोगमा नै पाईपहरु उपलब्ध भएको जानकारी दिए । अब करिब २० किलोमीटर बराबरको पाईप आवस्यक रहेको भन्दै सक्ने दातालाई पाईप उपलब्ध गराउन सहयोगको माग गरे ।

पहिलो कोखा खोला प्रोजेक्टदेखि नै लागिपरेका श्रम अभियन्ता मणिराज राईले कोखाको दोस्रोपटकको प्रोजेक्ट पाईप जोडेर पानी परिक्षण गरेसम्मको स्थानमा आईपुग्दा ३० प्रतिशत सम्पन्न भएको बताए ।मणिराजले पाईप फुलबारीसम्म आईपुग्दा करिब आधा ल्याईपुर्‍याएको जानकारी दिए । पाईप जडानपछि फुलबारी भन्ने स्थानमा वास आउट पोइन्ट रहेको भन्दै त्यहीँ पानी परिक्षण गर्दा आधा हुने बताए ।

श्रमदाताको लागि जोखिम भुभाग सबै काम भएको बताए । अब फुलबारी भन्ने स्थानबाट धरानतर्फ पाईप तान्न सहज र छिटो हुने जानकारी दिए । तर त्यस क्षेत्रमा लामो लामो पहिरो गएको स्थानमा टुचन लगाउनुपर्ने स्थानहरु रहेको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित