धरान । तामाङ समुदायले २८६१ सोनम लोसर धरानमा भव्य रुपमा मनाउने भएको छ ।
नेपाल तामाङ घेदुङ धरान उपमहानगर समितिको आयोजनामा सांस्कृतिक कार्यक्रम सहित व्यापक रुपमा मनाउने भएको छ । लोसर सम्बन्धी घेदुङले पत्रकार सम्मेलन गर्दै ड्रागन बर्गलाई बिदाई गरि यस वर्ष सर्प वर्गलाई स्वागत गर्दै मनाउने कुरा पत्रकार सम्मेलनमा जानकारी दिए । माघ १७ गतेदेखि १५ सम्म मनाउने जानकारी दिए ।
तामाङ जातिको ऐतिहासिक एवम् साँस्कृतिक राष्ट्रिय काष्ठ स्त्री सर्प वर्ग सोनाम ल्होछार (नयाँ वर्ष) २८६१ यही मिति २०८१ साल माघ १७ गते, बिहीबार शुक्ल प्रतिपदा तिथीदेखि प्रारम्भ हुने हुँदा उक्त महान साँस्कृतिक पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु यो सोनाम ल्होछार पर्व माघ १७ गते देखि १५ दिनसम्म मनाइने छ ।
प्रेस बिज्ञप्ति
पत्रकार मित्रहरू
हरेक वर्षको माघ महिनाको माघ शुक्ल प्रतिपदा तिथीमा मनाइने ल्होछार पर्व वि.सं. २०६१ साल माघ १३ गतेदेखि नेपाल सरकारले राष्ट्रिय पर्वको रूपमा घोषणा गरेको छ । विश्वको भारत, चीन, मंगोलिया, जापान, कोरिया, हङ्गकङ्ग, भियतनाम, लाओस्, थाईल्याण्ड, भुटान आदि देशहरुमा पनि माघ शुक्ल प्रतिपदाको तिथीमा नै सोनाम ल्होछार पर्व धुमधामका साथ मान्दछन् । त्यसैले ल्होछार पर्वलाई अन्तर्राष्ट्रिय पर्वको रूपमा पनि चिनिन्छ । त्यसो हुँदा समेत सरकारले २०६१ सालदेखि मान्यता दिएको सोनाम ल्होछार कार्यक्रम यस वर्ष स्थानीय सरकार र केही व्यापार संघको चपेटामा परेको कारण छायामा परेको छ । हामीले जस्तो सुकै अवस्थामा पनि आफ्नो जातिय संस्कृतिलाई भव्य रुपमा १ दिन धरान नगरीको भानुचौकमा भव्य र सव्य रूपमा हर्षोल्हासका साथमा मनाइने साथै १५ दिनसम्म धरान नगरीका विभिन्न वडाहरुमा शुभकामना आदान प्रदान गरी मनाउने जमर्को गरेको छौं ।
साथै २८६१ सोनाम ल्होछार बारेमा २०६१ साल माघ १३ गते सरकारले गरेको निर्णय जातिय पहिचानको मान्यता सन्दर्भमा वार्षिक क्यालेन्डर अनुसार भएको सोनाम ल्होछार कार्यक्रम राज्यले राष्ट्रिय रुपमा बिदा दिएको कार्यक्रमलाई स्थानीय सरकारले बुझ्न नसकेको अवस्थामा नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले स्थानीय सरकारलाई गम्भिर ध्यानाकर्षण गराउन चाहान्छ ।
मिति २०८१ साल माघ १७ गतेदेखि यो वर्षभरिका दिन शुभ रहोस्, दशा ग्रह जाओस्, शान्ति होस् भनी तामाङ जातिको धार्मिक आस्था रहेको गुम्बामा सम्पूर्ण तामाङ समुदायहरु भेला भई पूजा पाठ गरिनेछ । माघ शुक्ल प्रतिपदाको दिन (माघ १७ गते) बिहानै उक्त धार्मिक स्थल गुम्बाहरुमा प्रसाद ग्रहण गरिनेछ । यो प्रसाद लिए पश्चात सम्पूर्ण उपस्थित तामाङ समुदायहरु धरान नगर परिक्रमाको लागि लामबद्ध भई ठीक १०:०० बाट नेपाल तामाङ घेदुङ. धरान उपमहाननगरपालिका कार्यसमितिको ब्यानर अगाडिबाट र प्रत्येक वडा घेदुङ कार्यसमितिले पनि आ-आफ्नै ब्यानरमा पछि पछि लामबद्ध भई आफ्नो मौलिक भेषभुषामा सजिएर, नाच्दै, गाउँदै, रमाईलो गर्दै धरान नगरी परिक्रमा गरी भानुचौक स्थित कार्यक्रम स्थलमा प्रवेश गर्नेछन् । कार्यक्रममा स्थलमा २० वटै वडाबाट ऐतिहासिक तामाङ सेलो नृत्य प्रस्तुतीको प्रतिष्पर्धा हुनेछ । निर्णायक मण्डलीको व्यवस्था गरिनेछ । पुरस्कार स्कार वितरण गरिनेछ । सम्मान पत्रहरु वितरण गरिनेछ साथै धरान नगरीमा आदिवासी जनजाति महासंघमा आवद्ध सबै जातिय संस्थाहरुलाई आमन्त्रण गरिनेछ ।
Discussion about this post